२० भदौ २०८०, काठमाडौं
साहित्यकार किशोर पहाडीले एक आभार जलपान कार्यक्रम आयोजना गरे ।
गत साउन २० गते दक्षिणकाली नगरमा ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण कार्यक्रम तथा सम्मान कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल बनाउने साहित्यकारहरु तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरी सो कार्यक्रमको आयोजना गरेका हुन् ।
सो कार्यक्रममा पहाडीले उपस्थित सबैमा आभार व्यक्त गर्दै आफूले ‘सिर्जनशील किशोर पहाडी’भित्र संगृहित “जीवनको सारःखुशी हुने एउटा अवसर” वाचन गरी सुनाएका थिए ।
उपस्थित साहित्यकारहरू मध्येबाट दिव्य गिरी, कृष्ण प्रधान, प्राडा गोविन्दमान सिंह कार्की, कथाकार लीलाराज दाहाल, डा. शेखर कुमार श्रेष्ठ, मुरारि सिग्देलले साउन २० गते फ़र्पिङ्गमा आयोजित कार्यक्रमको चर्चा गरेका थिए ।
सो जलपोान कार्यक्रममा निशा केसी, विष्णुविभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, कृष्ण प्रधान, ध्रुव मधिकर्मी, सुरेन्द्रलाल भुजू, राधेश्याम लेकाली, राजेन्द्र केसी, सिर्जना शर्मा, दिव्य गिरी, शेखर कुमार श्रेष्ठ, जनार्दन रिजाल, रामराजा केसी, महेश प्रसाई, उषा केसी, प्रमोद प्रधान, लीलाराज दाहाल, सुमन थापा सङ्गम, विमल भौकाजी, निर्मलरमण पराजुली, गोविन्दमानसिंह कार्की, मुरारि सिग्देल, मनिला वन्त, मन्जिला अनिल, कमला रिसाल सहभागी रहेका थिए ।
सो अवसरमा साहित्यकार पहाडीका परिवारजनको पनि सहभागिता रहेको थियो ।