२० भदौ २०८०, नेपालगञ्ज
साहित्यकार सनत रेग्मी अश्वस्थ भै भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका छन् । उनलाई एलर्जिक ब्रोङ्काइटिस भएकोले उपचार भैरहेको उनले विश्वपरिक्रमालाई बताए ।
उनले सामाजिक संजालमा पुरानो कर्णाली बिकास बैंक भएको ठाउँ नेपालगञ्ज अवस्थित प्रकाश नागको अस्पतालमा उपचार भैरहेको लेखेका छन् ।
केही समयअघि देखि डा. प्रकाश नागको निगरानीमा रहेर उपचार गराइरहेका उनी डाक्टर नागको सुझावमा अस्पताल भर्ना भै उपचाररत रहेका हुन् ।
काठमाडौंमा भदौ २४, २५, २६ गते सम्पन्न हुने बिपी साहित्य महोत्सवमा भाग लिन काठमाडौं जाने उनको तयारी थियो ।