७ जनवरी २०२४, टेक्सास
कथाकार कृष्ण कुसुमको “पार्श्वधुन” कथा सङ्ग्रहको परिचर्चा कार्यक्रम ड्यालस टेक्सासमा सम्पन्न भएको छ ।
अन्तराष्ट्रीय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका शतिश त्रिपाठी, निर्मला राइ तथा भीम कार्कीले कथा सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा लेखक कुसुमले लेखकीय मन्तव्य राखेका थिए ।
अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले सञ्चालन गरेको सो कार्यक्रमको शुरुमा उपस्थित समुहलाई संस्थाका सचिव पवन लामिछानेले स्वागत गरेका थिए ।
कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।
यो पुस्तक १८ कार्तिक २०८० मा काठमाडौंमा विमोचन भएको थियो ।