विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मानको वितरण गरिंदै

मुख्य समाचार

२० भदौ २०८०, काठमाडौं

विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरिनेछ ।
त्यसैगरी चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरिने भएको छ । यस सम्मानको साथमा जनही नगद दस हजार, दोसल्ला र सम्मानपत्र रहने कुरा वासुदेव – बिद्यादेव लुईंटेल गुठीका अध्यक्ष प्राडा सुषमा आचार्यले वताईन् ।
यी पुरस्कार र सम्मानहरु २०८० भदौ २३ गते एक समारोहका वीच प्रदान गरिनेछ ।

 

Leave a Reply