२ कार्तिक २०८१, काठमाडौं
साहित्यकार रामहरि पौड्यालको २ कार्तिक २०८१ का दिन काठमाडौंमा निधन भएको छ ।
विसं २००४ भदौ १५ गते घट्टेकुलो काठमाडौंमा जन्मेका पौड्याल विसं २०२२ सालमा कविता प्रकाशनसँगै नेपाली साहित्यमा उदाएका थिए ।
उनको पहिलो कृति कथा सङ्ग्रह सल्ला सुसाइदिन्छ विसं २०४१ सालमा प्रकाशित भएको थियो । उनले समालोचना क्षेत्रमा पनि कलम चलाएका थिए । उनको समालोचना कृति “भानुभक्त आचार्यदेखि मोदनाथ प्रश्रितसम्म” (२०५०) प्रकाशित छ । उनको वेलायत भ्रमणको नियात्रा कृति समेत प्रकाशित छ ।