गीत

गीत

ज्ञानेन्द्र गदाल

केटी:

चोखो माया लाईदिन्छु, पिरती जगाईदिन्छु
फूल हुँ फुल्छु तिम्रो मनमा, सधैं मगमगाईदिन्छु
मनको बागमा,
भवँरा भै खेलिरहनु फूलको रागमा ।

केटा:

इन्द्रेणीको रंग चोरी, आँखाभरि सजाउँला
खुशी सारा तिमीलाई, पीर जति मै सहुँला
तालको पानीमा
तिमी उदास नहुनु जिन्दगानीमा ।

केटी

झरनाको गीत जस्तो, चखेवाको प्रीत जस्तो
हाम्रो माया सधैंभरि, अजम्बरी जित जस्तो ।l
छायॉ बनी चलिदिन्छु, हुरि बतास छलिदिन्छु l
तिम्रो मनको संघारमा, दियो बनी बलिदिन्छु
मनको बागमा…….।

केटा
जति हेर्यो हेरिरहुँ, नथाक्ने यी ऑखाहरु
हृदयमा लुक्न खोज्ने, मेरा मनका भाकाहरु
शीत बनी अल्झिदिन्छु, प्रीत बनी बल्झिदिन्छु
तारा बनी तिम्रो मनको, आकाशमा चम्किदिन्छु ।
तालको पानीमा………।

गीतकार परिचयः ज्ञानेन्द्र गदाल मूलतः गीतकार हुन् । उनी विसं २०३९ देखि नेपालमै गीत लेखनमा सकृय थिए र विसं २०५५ देखि अमेरिकामा बसोवास गरे पनि उनको लेखनले निरन्तरता पाएको छ । उनको कलम गीत, गजल र कवितामा सकृय छ । उनको “मलाई छुने मन” (सन् २००३) गीत सङ्ग्रह तथा  झरिपछिको आकाश (सन् २०१३) कविता सङ्ग्रह प्रकाशित छन् । अनेसासका केन्द्रि अध्यक्ष भैसकेका उनले भ्यथित काब्य पुरस्कार(२०६८), छिन्नलता गीत पुरस्कार(२०७५), नातीकाजी स्मृति राष्ट्रिय संगीत सम्मा(२०७७) लगायत विभिन्न पुरस्कार र सम्मान पाएका छन् । उनी अमेरिकाको कोलोराडोमा बस्छन् ।

Leave a Reply