जुनको बाटो हेर्दा हेर्दै रात झर्यो (गीत)

गीत

प्रीति कौर

जुनको बाटो हेर्दा हेर्दै रात झर्यो
फेरि यी आँखामा बर्सात पर्यो
जुनको बाटो हेर्दा हेर्दै रात झर्यो

बितेका पलहरू सम्झनामा आइरह्यो
हाँसो आशु बटुलेर ओठले गाइरह्यो
बारम्बार यो मुटु मायाले नै भर्यो
फेरि यी आँखामा बर्सात पर्यो

मेरा हर सपनीमा उनकै वास भयो
सधैँ मुटुमा धड्कने नै खास भयो
घामले टेक्ने नपाउँदै बादलले घेर्यो
फेरि यी आँखामा बर्सात पर्यो

कवि परिचयः कवि प्रीति कौर इन्द्र चोक काठमाडौंमा जन्मेकी हुन् र हाल बानेश्वर बसोबास गर्छिन् । वि.सं. २०६० सालमा कान्तिपुर प्रकाशनको साप्ताहिकमा बाल कविता प्रकाशित गरेर साहित्यमा उदाएकी उनको “मौन तस्विर” कविता सङ्ग्रह (वि.सं. २०६८) प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *