नेपा गुठीका थकाली मदन ताम्राकारको निधन

गीत मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
११ सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाको पुरानो गुठी “नेपा गुठी”का थकाली मदन ताम्राकारको ८४ वर्षको उमेरमा १० सेप्टेम्वर साँझ आफ्नै निवासमा निधन भएको छ ।
सन् १९८९ मा अमेरिका आएका उनी सोही वर्षदेखि सन् १९८५ मा स्थापित नेपा गुठीमा संलग्न हुँदै आएका थिए र हाल थकाली अर्थात् गुठीको सर्वेसर्वा वा अध्यक्षको रुपमा संलग्न हुँदै आएका थिए ।
केी दिन अघि अस्वस्थ भएर अस्पताल गएका उनी घरमै स्वास्थ्यलाभ गरिरहेका थिए र स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । तर अचानकै उनको निधन भएको थियो ।

उनको जन्म २ जनवरी १९३७ मा नेपालमा भएको थियो ।
वाशिंटन डिसी क्षेत्रमा लामो समयदेखि सपरिवार वसोवास गर्दै आएका उनी नेवारी समुदायमा सामाजिक काममा सकृय थिए । उनको निधनमा स्थानिय नेपाली समुदायले शोक प्रकट गरेको छ ।

Leave a Reply