डा.गोकुल सिन्हा भाषा विददेखि अनुवादक र समालोचकसम्म

नवीन पौड्याल भारतमा नेपाली साहित्यको ठुलो क्षेत्र छ। दार्जिलिङ सिक्किम, असम सबैतिरबाट नेपाली साहित्य लेखिन्छ र पढिन्छ। अझ दार्जिलिङ सिक्किम र असमका उच्च शैक्षिक संस्थानमा नेपाली भाषा( साहित्यको पठन(पाठन हुन्छ। यहाबाट पनि नेपाली साहित्यक पुस्तक र पत्रिकाहरू प्रकाशित हुन्छन्। यहाँ आफ्नै किसिमको नेपाली साहित्यिक परिवेश छ। यहाँको नेपाली साहित्यमा आफ्नै मौलिकता, परम्परा, प्रवृत्ति, प्रभाव पाइन्छ। […]

Continue Reading

बहु प्रतिभाशाली साहित्यिक मुक्ति उपाध्याय बराल

नवीन पौड्याल नेपाली साहित्यमा मुक्ति उपाध्याय बराल एक आदरणीय प्रतिभाशाली साहित्यकार हुन्। उनी साहित्यिक लेखक, सिनेमा कलाकार, नाटककार, हुन्। उनी दिन रात साहित्य अध्ययन मनन लेखनमा मग्न रहन्छन्, साहित्यिक चर्या गर्छन्। उनको जन्म १२ जनवरी, १९५५ मा गुवाहाटीको उत्तर शरणीयामा भएको हो। उनका माता पिताको नाम स्व पद्मादेवी र टिकाराम उपाध्याय हो। उनको बाल्यकाल र […]

Continue Reading

एउटा अनौठो लघु निबन्ध सङ्ग्रह

डा देवचन्द्र सुब्बा नेपाली विभाग, सिक्किम विश्वविद्यालय   लगभग दुई वर्षअघि भाषाकै कार्यक्रम लिएर असम पुगेको थिएँ। उदालगुडी र विश्वनाथ चारआलीमा भाषाको दुई दिवसीय कार्यशाला थियो। प्रोफेसर कविता लामा गुरुआमा र म उक्त कार्यक्रममा सहभागी बनेका थियौँ। त्यस बेला असमका धेरै जना साहित्यकार, लेखहरूसँग हाम्रो परिचय भएको थियो। धेरै जना आत्मीय बनेका थिए अनि वहाँहरूले […]

Continue Reading

‘राराको डिलमा’ नेपाली नियात्राको सुन्दर तोरण

प्रा. कपिल अज्ञात लालित्यपूर्ण प्रस्तुतिमा मनोरम भाव पस्किएका छन्, प्राकृतिक वस्तुलाई मानवीकरण गरी चित्रणको रम्यता प्रस्तुत गरेका छन् । रारालाई मुक्तकण्ठले प्रशंसा गर्दै नियात्राकार भन्छन्: ‘हाम्रो सम्पत्ति भनेकै प्रकृति हो । रारा कुनै अप्सरा वा युवती होइन । यो त प्रकृतिको अनुपम उपहार हो । हाम्रो साझा सम्पत्ति हो । रारा हाम्रो गौरव हो, रारा […]

Continue Reading

पठन अनुभूतिः “जीवनको अभिनन्दन”

सगुना शाह   साहित्य समाजको प्रतिबिम्ब हो र यसको शाश्वत पक्ष भनेको मानविय संवेदना, भावानुभुतिहरुलाई समाजको सामुन्ने राख्नु हो। तसर्थ भन्न सकिन्छ साहित्य समाजको ऐना हो। दर्पण हो। त्यसो हो भने त आफुले देखे भोगेको सुनेको कुरालाई शब्दमा उतार्न जो कोही पनि साक्षर मानिसले सक्दछ। भनेपछि साहित्यकार र साधारण मानिसमा फरक के त भन्दा प्रस्तुती […]

Continue Reading

मलाई पुरस्कारवैंशले कुत्कुत्याएको कुत्कुत्यायै छ

कृष्ण प्रधान, सिलिगुड़ी, भारत किशोर वा किशोरीको गालामाल जब शरीरको हर्मोन परिवर्तन हुन्छ त्यति बेला मुहारमा डण्डीफोरै डण्डीफोरको धलिमलि देखिन्छ । हर्मोन तन्नेरी भएपछि मेरो मुहारमा पनि डण्डीफोरको बजार नलागेको होइन । मेरो मुहारभरि डण्डीफोरै डण़्डीफोर देखेर मुमा भन्थिन् -मेरो छोरोलाई पनि वैंश आएछ । मनमनै भन्थेँ म त्यसताका, केको वैंश (?), यहाँ अनुहार बिग्रेर […]

Continue Reading

भाषासेवी पारसमणि प्रधान

नवीन पौड्याल नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन् र मरणोपरान्त […]

Continue Reading

प्रेमको मूल्य

शीतल गिरी   प्रेमको चर्चा विभिन्न धर्मशास्त्र, दार्शनिक ग्रन्थ, साहित्यिक कृति, सांस्कृतिक ग्रन्थ आदिमा विभिन्न सन्दर्भमा हुँदै आएको छ । मानवीय मूल्यमा तीव्र समीकरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा समाजलाई सही दिशावोध गराउने सामर्थ रहेको प्रेमको मूल्यको बारेमा चासो बढ्नु स्वभाविक देखिन्छ । कुनै पनि कुराको मूल्य र औचित्य त्यसको व्यवहारिक प्रयोगले सिद्ध गर्दछ । जीवनसँग हातेमालो […]

Continue Reading

पुरुषार्थ पर्गेल्ने पुरुष-परीक्षा

धीरेन्द्र प्रेमर्षि साहित्यमा थोरै मात्र गहिरो अभिरुचि राख्ने मानिसले पनि विद्यापतिको नाम पढेको-सुनेको हुनुपर्दछ। यिनी मैथिली कविका रूपमा विख्यात छन्। अनेकौँ शास्त्रीय ग्रन्थका रचयितासमेत रहेका चौधौँ शताब्दीका यी स्रष्टाको कवि व्यक्तित्व सबैभन्दा मुखर र प्रखर रहेको छ। विद्यापतिको कवित्वशक्तिकै कारण यिनको नामअगाडि महाकवि, कविकोकिल, कविशेखर, कविकण्ठहार, अभिनव जयदेव आदि विशेषणहरू जोडिने गरेका छन्। तर महाकवि […]

Continue Reading

सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर

त्रिभुवनचन्द्र वाग्ले   सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार लन्जुफन्जु मै बित्ने भो । निमन्त्रणाअनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेंलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एकजना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै […]

Continue Reading