बहु प्रतिभाशाली साहित्यिक मुक्ति उपाध्याय बराल

गद्य विविध व्यक्ति बृत्त

नवीन पौड्याल

नेपाली साहित्यमा मुक्ति उपाध्याय बराल एक आदरणीय प्रतिभाशाली साहित्यकार हुन्। उनी साहित्यिक लेखक, सिनेमा कलाकार, नाटककार, हुन्। उनी दिन रात साहित्य अध्ययन मनन लेखनमा मग्न रहन्छन्, साहित्यिक चर्या गर्छन्। उनको जन्म १२ जनवरी, १९५५ मा गुवाहाटीको उत्तर शरणीयामा भएको हो। उनका माता पिताको नाम स्व पद्मादेवी र टिकाराम उपाध्याय हो। उनको बाल्यकाल र युवावस्था गौहाटीमा नै बितेको हो। उनले विशुद्ध विज्ञान लिएर गुवाहाटीबाट स्नातक गरकेका हुन् भने पछिबाट निजी तवरबाट नेपाली विषय लिएर स्नातकोत्तरसम्म अध्ययन गरेका छन्। आफ्नो जीवन धान्ने क्रममा उनी सिलगढीको कृष्णमाया मेमोरियल नेपाली उच्चतर विद्यालयमा विज्ञान शिक्षक रही २०१४ मा अवकाश ग्रहण गरेका हुन्। अवकाश ग्रहणपछि भने उनी सिर्जनामा अझ सक्रिय रूपमा लागेका छन्, उनका निम्ति प्रत्येक दिन मूल्यवान छन्, विना लेखन अध्ययन लेखन उनको दिन बित्दैन। गत दस वर्षदेखि यता उनका धेरै पुस्तक प्रकाशित भएका छन्।
सन् १९७१ मा ‘आखिर मेरै दिमाग न हो’ भन्ने कविता लिएर साहित्यमा उत्रेका मुक्ति उपाध्याय बरालका युवावस्थादेखि नै नाट्याभिनयमा संलग्न थिए। विद्यालय र कलेज पढ्दा नाटकतिर सक्रिय रूपमा भाग लिन्थे। बेलैदेखि उनी
साहित्यक बन्धुहरूसँग संगत थियो, गुवाहाटी लगायत अन्य ठाउँका साहित्यिक कार्यक्रमतिर भाग लिन जानेगर्थे। अविनाश श्रेष्ठको नेतृत्वमा गठन भएको कोलाज आन्दोलनमा उनी पनि प्रत्यक्ष र परोक्ष संलग्न थिए।
उनका सृजनात्मक, सम्पादन र अनुवाद गरी धेरै पुस्तक प्रकाशित छन्। उनका प्रकाशित सिर्जनात्मक पुस्तकको सूचि यस्तो छ- ‘अनन्त यात्रा’ (नाटक सङ्कलन, १९८०, ‘हिमाली’ (बाल उपन्यास, २००६), ‘अन्तर्प्रेरणा’ (पूर्णाङ्की नाटक, २००८), ‘मालती’ (बाल विज्ञान उपन्यास, २०११) , (यसकै अङ्ग्रेजी र असमीय अनुवाद पनि प्रकाशित), ‘घर’ (नाटक, २०१४), ‘झ्याउरे पार्टीले गर्नु गर्‌यो’ (समीक्षात्मक लेखसङ्ग्रह, २०१४), ‘भारतेली नेपाली बालसाहित्य’ (समीक्षा, २०१५), ‘रहर’ बालएकाङ्की सङ्ग्रह, २०१५), ‘यस्तै उस्तै मनका विचारहरू’ (निबन्धसङ्ग्रह, २०१८), ‘गोर्खाको मोडेल’ (एकाङ्कीसङ्ग्रह, २०१८), ‘महिमा’ (पूर्णाङ्की नाटक, २०१९), ‘कान्छी’ (विज्ञान उपन्यास,२०१९), ‘स्वच्छ डोनाउको किनारतिर’ (यात्रा संस्मरण, २०२१), ‘पर्थ हुँदै सिडनी’ (यात्रा संस्मरण, २०२१), ‘बुच्के छपड़ी’ (संस्मरण लेखसङ्ग्रह, २०२१), ‘शरद पूर्णिमा रम्य रमिता’ (नाटक, २०२१), ‘समीक्षा गुच्छ’ (समीक्षात्मक लेखसङ्ग्रह, २०२३), ‘पदचिन्ह पहिल्याउँदै’ (उपन्यास, २०२३), ‘संस्मरण गुच्छ’ (संस्मरणात्मक लेखसङ्ग्रह, २०२३) । यीबाहेक नेसनल बुक ट्रस्ट, नयाँ दिल्लीबाट प्रकाशित आमा छोरा (बालकथा, २०१६) र धनबहादुरको सोंच (बालकथा, २०१६) पनि प्रकाशित छन्। यी बाहेक कथा गुच्छ (कथासङ्ग्रह), देवभूमि हुँदै प्रशान्ति निलयम (यात्रा संस्मरण), म पनि बेलायत पुगें (यात्रा संस्मरण), फेरि यस्तै उस्तै (लेखसङ्ग्रह०)गरी चारवटा पुस्तक प्रकाशोन्मुख छन्।
उनका सम्पादनमा रहेका पुस्तकहरू हुन्( स्कूल पत्रिका द बस्कोनियन, कथा सौरभ (बालकथासङ्ग्रह, १९९७), आजको साहित्य (साहित्यिक पत्रिका, २०००),सम्झाउनी बिर्साउनी (नगेन्द्र शर्माका निबन्धहरू, २००४), साउँती (हास्य-व्यङ्ग्य कवितासङ्ग्रह, २००५ देखि २०१८ सम्म जम्मा तेह्रौं भागसम्म), चौरासीको नगेन्द्र (नगेन्द्र शर्माबारे अन्यका लेखसङ्कलन), हाम्रो बेलायत यात्रा (यात्रासङ्कलन, २०१९), नेपाली साहित्यका शिखर पुरूष पद्मश्री सानु लामा (समीक्षाग्रन्थ, २०२२)।
यसैगरी उनका अनूदित पुस्तकहरूमा शिवकुमार राईको खहरे कथासङ्ग्रहको बङ्ला अनुवाद (सामुहिक, २००८), भारतीय नेपाली कविताहरू (बाङ्लाबाट सामूहिक अनुवाद, २००२), जोसमणि परम्परा र साहित्य (सामूहिक अनुवाद, २००८), अग्निवीणा (बाङ्लाबाट नेपालीमा सामूहिक अनुवाद २०२१), पूर्वीय भारतीय भाषाका कथा (मैथिलीबाट नेपालीमा सामूहिक अनुवाद, २००८), मैथिली कथासङ्ग्रह (२०१५), मणिमहेश (बाङ्लाबाट नेपालीमा अनुवाद, यात्रासाहित्य, २०१८), विषन्न वनानी (बाङ्ला उपन्यास नेपालीमा), सन्थाली लोककथासङ्ग्रह (सन्थालीबाट नेपालीमा, २०२३), अक्षर अर्केष्ट्रा (मनप्रसाद सुब्बाको कविता सङ्ग्रहको बाङ्ला अनुवाद, प्रकाशोन्मुख), नयाँ क्षितिजको खोज (असित राईको उपन्यासको बाङ्ला अनुवाद, प्रकाशोन्मुख), एउटा माछाको सपना (बालकथा, हिन्दीबाट नेपालीमा, २०२२), सान्नानी (बालकथा, हिन्दीबाट
नेपालीमा, प्रकाशोन्मुख०, राजा भाइ ९गीतिनाटक हिन्दीबाट नेपालीमा, प्रकाशोन्मुख), सानो कमिलाको ठुलो निम्तो (बालकथा, हिन्दीबाट नेपालीमा,प्रकाशोन्मुख), कुम्भ (बालकथा, हिन्दीबाट नेपालीमा, प्रकाशोन्मुख), एउटा बाख्रो थियो (बालकथा, हिन्दीबाट नेपालीमा, प्रकाशोन्मुख)।
मुक्ति उपाध्याय बराल एक कुशल अभिनेता र निर्देशक पनि हुन्। उनले अभिनय गरेका र निर्देशन गरेका नाटकहरू हुन्- भातृरेखा (गुवाहाटीमा मञ्चित, १९७१, नाटककार प्रेमसिंह सुवेदी), दुई भाइ (असमीय नाटक, १९७२), यहाँ जिन्दगी यस्तै छ (गुवाहाटीमा मञ्चित, १९७३, नाटककार अविनाश श्रेष्ठ), पर्खाल भत्किने छ (१८७३, नाटककार अविनाश श्रेष्ठ), सुनको ठुन्को ९१९७६, गुवाहाटी, नाटककार प्रेमसिंह सुवेदी), नेप्टे चेप्टे एण्ड घोप्टे प्रोडक्सन (१९७६, गुवाहाटीमा खुल्ला मञ्च, नाटककार ओमप्रकाश सुवेदी), कसम (सिलगड़ीमा, १९८८०, तेस्रो अदालत (सिलगढी, १९९०, नाटककार तिलक शर्मा), बुलाकी (एकाङ्कीनाटक, सिलगढी,
१९९२), पैसा अनि पैसा (एकाङ्की, सिलगड़ी, १९९४), बजट (एकाङ्की, १९९५, नाटककार गणेश छेत्री), ममता (सिलगड़ी, १९९७), रहर (एकाङ्की, सिलगड़ी, १९९८), कुन दिशातिर (सिलगडी मुम्बई र निकासी असममा मञ्चित, २०१४), दुई पागल (एकाङ्की, सिलगढी, २००६), मुनामदन (गीतिनाटक, देवकोटा शताब्दी समारोह, सिलगढ़ीमा मञ्चित २००९), गोर्खाको मोडेल (हरिप्रसाद गोर्खा राई शताब्दी समारोह, सिलगढीमा मञ्चित, २०१६)।
उनले अभिनय र लेखेका गरेका चलचित्रहरूमा भूल (चरित्र अभिनेता, १९९३), उद्धार (टेलीफिल्म, दिल्ली दूरदर्शन, चरित्र अभिनेता, १९९४), पिया कर गावँ (सादरी भाषाको चलचित्र, मुख्य भूमिका, १९९५), पश्चाताप (टेलिशृङ्खला, १९९६), खरको छानो (मुख्य अभिनेता, काठमाडौं,१९९८), माझी दाइ (मुख्य अभिनेता, काठमाडौं, २०००), हाम्रो जिन्दगी (काठमाडौं, २०००), कसलाई आफ्नो भनुँ (टेलिशृङ्खला, सम्वाद लेखन पनि, २००२), आमाको काख (सम्वाद लेखन, २००६), म कसरी भनुँ (मुख्य चरित्र अभिनेता, मणिपुर, २००६), मावेर आँचल (राजवंशी, मुख्य चरित्र अभिनेता, २००७), प्रेमेर माला (राजबंशी, मुख्य चरित्र अभिनेता, २००७), प्रेम पथ (मुख्य चरित्र अभिनेता, पटकथा, संवाद लेखन, २००७), घर परिवार (सादरी भाषामा, मुख्य चरित्र अभिनेता, सिलगड़ी, २००८), एउटै भूल (पटकथा संवाद लेखन, काठमाडौं, २००८), नागपास
(राजवंशी, मुख्य चरित्र अभिनेता, कोलकाता, २००८), कालोभारी (पटकथा, संवाद लेखन), डढेलो (पटकथा(संवाद लेखन, २००९), के साइनोले बोलाउँ (मुख्य चरित्र अभिनेता, गान्तोक २०१०), किन मायामा (पटकथा संवाद लेखन पनि, सिक्किम र काठमाड़ौं, २०१०), चिना (पटकथा संवाद लेखन, खरसाङ, २०१०), अधिकार (पटकथा संवाद लेखन, सिक्किम, २०१२), सैंया (बङ्ला, मुख्य चरित्र अभिनेता, सिलगड़ी २०१४), माइ टियर्स (हिन्दी, मुख्य चरित्र अभिनेता, सिलगड़ी, २०१४), सानु लामाका तीन कथा स्वास्नी मान्छे, संयोग र कमला लाई टेलिशृङ्खलाका लागि पटकथा, सम्वाद लेखन, सिक्किम, २०१५), जीवन काँढा कि
फूल (मूलक लेखक झमक घिमिरे, पटकथा(संवाद लेखन, काठमाडौं, २०१६), परिणाम (मुख्य अभिनेता, काठमाडौ, २०१६) । यी बाहेक उनीसित अझै चारवटा चलचित्र हातमा छन्। उनले सङ्गीतबद्ध गरेका केही अल्बमहरूमा भानुको भावना हाम्रो सम्झना, (आदिकवि भानुभक्त आचार्यबारे फिचर, १९९८), अर्चना (आधुनिक गीत, २००४), प्रभु वन्दना (भजन सङ्कलन, २००५), मन कता कता (२००६), मुहार (एउटा गीत लेखन र संगीत दिएको, २००७), उत्सर्ग जन्मभूमिलाई (देशभक्ति गीत सङ्गालो। २००७), मुनामदन (गीति नाटक, २००७), अरूणा स्मृति (दुईवटा गीत लेखन र संगीत, २०११) आदि।
यसरी हेर्दा उनी एक नाटककार, समीक्षक, गीतकार, नियात्राकार, निबन्धकार, नाटककार, नाट्य कलाकार, चलचित्र अभिनेता, चलचित्रको पटकथा र संवाद लेखक आदि हुन्। उनी एक प्रतिभाशाली व्यक्तित्व हुनाले उनको प्रतिभाको उद्वेग कतै साहित्य सिर्जनामा, कतै अभिनयमा, कतै पटकथा संवाद लेखन आदितिर प्रकट भएको पाइन्छ। उनी एक प्राज्ञिक व्यक्तित्व पनि हुन्। उनी विश्वविद्यालय, साहित्य एकाडेमी, राष्ट्रीय पुस्तक न्यास आदिमा प्राज्ञिक रूपमा शोधमूलक कार्यपत्रको प्रस्तुति, कार्यशाला आदितिर सक्रिय रूपमा सहभागिता दिन्छन्। कतै नाट्य उत्सव, साहित्य उत्सव, आदितिर उनको सहभागिता र प्रस्तुति रहेको हुन्छ।
उनी काठमाडौंतिर बसेका थिए भने अझ धेरै काम गर्न सक्थे होलान्। उनी त विद्यार्थीलाई गणित पढाएर आफ्नो जीवनको उर्वरकाल बिताएका हुन्। यद्यपि आफ्नो पेशा सम्बन्धित कर्तव्य निभाउँदा निभाउँदै पनि कला र लेखनतिर ढल्केका हुन्। आफ्ना लेखन उर्जा, जोस जाँगर अझैसम्म कायम छ। नाटककार र नाट्यभिनेताका रूपमा मुक्ति उपाध्याय-नेपाली साहित्यमा एकजना सफल नाटककारका रूपमा मुक्ति उपाध्याय चिनिन्छन्।
हालसम्म उनका छवटा नाटकका पुस्तकहरू प्रकाशित भएका छन्। यी छवटा नाटकहरूको अध्ययन गर्दा उनी एक युगसचेत र शिल्प सचेत नाटककार हुन्।
नाटकमा बाल मनोविज्ञानको प्रयोग पाइन्छ। उनले बाल्यकालदेखि नै नाटकको परिवेश पाएका थिए। गाउँमा कुनै घार्मिक सांस्कृतिक कार्यक्रमतिर उनकै दाजुहरूले नाटक अभिनय गर्थे। गुवाहाटीमा लेखकको घरमा नै केही नाट्य कलाकारहरू बस्ने हुँदा उनीहरूको सँगाती पाएर उनी पनि बिस्तारै नाट्याभिनयतिर लागेका थिए।
पछिबाट अझ प्रेमसिंह सुवेदीको सँगाती पाएपछि झन् उनको अभिनयले विकास पायो। सन् १९७१ मा सुवेदीको भातृरेखा, अविनाश श्रेण्ठको यहाँ जिन्दगी यस्तै छ (१९७२), दुई भाइ (१९७३ असमीय नाटक), अविनाश श्रेष्ठको पर्खाल भत्किने छ, पाप धुरीबाट कुर्लन्छ (१९७६), सिनेमाको एउटा दृश्य, मेरो भाइको भुँडी दुख्यो (१९७६) अनन्त यात्रा (रेडियो नाटक), बुद्ध, आकाश फेरि उघ्रियो, पैसा अनि पैसा, कसम, मानवताको दुस्मन शीर्षक बिनाको नाटक, तेस्रो अदालत, बुलाकी (१९९२), ममता (१९९३), बजट (१९९५), रहर (१९९९ र २०००), कुन दिशातिर, हतारको विहान, अन्तर्प्रेरणा, दुई पागल, मुना मदनको नाट्य रूपान्तर, गोर्खाको
मोडेल (२०१६, गुवाहाटीमा मञ्चन), महिमा ९२०१९० र शरद् पूर्णिमाकी रम्य रमिता ९२०२१०। यी प्रायः जम्मै नाटकहरूको उनको लेखन र निर्देशन अथवा अभिनय रहेका छन्। उनी सिलगढीतिर नाट्य उत्सव आदितिर नेपाली नाटकको मञ्चन गर्दथे। विद्यालयमा विद्यार्थीहरूले नाटक लेखेर दिएर आफ्नै निर्देशनमा तयारी पारी प्रस्तुत गर्न लगाउँथे। उनी कलेजियन हुँदा गुवाहाटी र जागिरे जीवनमा छँदा सिलगढीमा आफ्नो नाट्य प्रतिभा देखाएका हुन्।
ख) उपन्यासकारका रूपमा-
मुक्ति उपाध्याय एक सफल उपन्यासकार हुन्। उनका ‘हिमाली’, ‘मालती’, ‘कान्छी’,‘पदचिन्ह पहिल्याउँदै’ जस्ता चारवटा उपन्यास प्रकाशित भएका छन्। उनको ‘हिमाली,’ ‘मालती’ र ‘कान्छी’ विज्ञान उपन्यास हुन्। भविष्यको समाज र मानवको स्थितिलाई लिएर परिकल्पना गरेर यी तीन उपन्यास रचिएका हुन्। एउटा रोबोटलाई कान्छी नाम दिएर तयार पारिएको यस उपन्यासमा मानवीय संवेदनालाई उतारिएको छ। मानव निर्मित कान्छीको प्रेमको भाव र संवेदनालाई बडो मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ। उनको पहिलो मालती भने कथाका रूपमा लेखेका थिए तर पुनर्लेखन गर्दै जाँदा थपिँदै जाँदा एउटा उपन्यासकै रूपमा तयार भयो। यसै उपन्यासले उनलाई २०१५ का साहित्य अकादमी बालसाहित्य पुरस्कार हासिल भएको हो। यसको अङ्ग्रेजी अनुवाद र असमीय अनुवाद पनि प्रकाशित भएको छ।

ग) निबन्धकारका रूपमा-

उनी एक सफल निबन्धकार हुन्। उनका निबन्धहरू मूलतः दुई प्रकारका संस्मरणमूलक छन्- यात्रा संस्मरण र बाल्य संस्मरण। यात्रा संस्मरणमा उनी अस्ट्रेलिया र क्यानाड़ा गएको बेलाको अनुभव र अनुभूतिलाई लिपिबद्ध गरिएको
छ। ‘स्वच्छ डोनाउको किनारतिर’ र ‘पर्थ हुँदै सिड्नी’ गरी दुईवटा पुस्तकमा यात्रा संस्मरणलाई उतारिएको छ। ‘यस्तै उस्तै मनका विचारहरू’ उनको निबन्धसङ्ग्रह हो भने ‘बुच्के छपड़ी’ उनको बाल्यकालीन संस्मरण सङ्ग्रह हुन्। उनको बुच्के छपड़ीभत्र रहेका संस्मरणहरू हुन्- बुच्के छपड़ी, भाग्यमानी मालती, अनुवादको आफ्नै फूलबारीमा रूमलिँदा र मेरो नाट्य यात्रा। यी चारवटा लेखहरूमा आफ्नो बाल्यकाल पारिवारिक परिवेश, आफ्नो कृतिको चर्चा आफूले अनुवाद गर्दाका अनुभव र क्रमिक विकास तथा उनी नाटककार र नाट्यकर्मीका रूपमा रहेका विविध संस्मरणलाई उतारेका छन्। उनको यात्रा संस्मरण सङ्ग्रह ‘स्वच्छ डोनाउको किनारतिर’ पुस्तकमा बीसवटा लेखहरूमा इटलीको रोम, अस्ट्रियाको भियना र त्यसका छेउछाउका स्थलगत निरीक्षण गरेको वर्णन पाइन्छ। पर्थ हुँदै सिडनी पुस्तकमा पनि अस्ट्रेलिया भ्रमणको यात्रावृतान्त पाइन्छ। यसमा युरोपेली समाज,
त्यहाँको रीतिथिति, कार्यव्यवस्था, त्यहाँ बटुलेका अनुभव र अनूभूति आदिबारे रोचक ढङ्गमा प्रस्तुत गरिएको छ। यस कृतिलाई नियात्रा पुस्तक मान्न सकिन्छ।

घ) समीक्षकका रूपमा-
मुक्ति उपाध्याय बराल एक समीक्षक पनि हुन्। उनका झ्याउरे पार्टीले गर्नु ग-यो,समीक्षा गुच्छभारतीय नेपाली बालसाहित्य उनका समीक्षा कृति हुन्। यीबाहेक फेरि यस्तै उस्तै पुस्तकमा पनि समीक्षात्मक निबन्ध पाइन्छ। उनको समीक्षा गुच्छ पुस्तकभित्र रहेका लेखहरू हुन्- नाटक विधा र समाजमा यसको प्रभाव, भारतेली नेपाली नाटकको पौराणिक सन्दर्भ, सिलगड़ीमा नेपाली नाटक मञ्चन एक टिपोट, गुवाहाटी क्षेत्रमा नेपाली नाटक मञ्चन एक टिपोट, अनि देउराली रून्छको अर्द्ध शताब्दी, लक्ष्मण श्रीमलको रेडियो नाटकमाथि एक विहङ्गम दृष्टि, राष्ट्रिय चेतना र भारतीय केही नेपाली कथाहरू विजय हितानको एउटा पर्या कथाको गहिराइतिर लम्किँदा। यसमा रहेका सबै लेखादि राष्ट्रिय सङ्गोष्ठी आदितिर प्रस्तुत गरिएका शोधपत्रहरू हुन्। यी जम्मै लेखहरू अनुसन्धानमूलक छन्। उनी नाट्यसमीक्षामा निकै रूचि लिन्छन्। भविष्यका नाटकमाथि अध्ययन अनुसन्धान गर्ने अनुसन्धाताका निम्ति उनका यी लेखहरू निकै उपयोगी र सान्दर्भिक स्रोतमूलक छन्। यसमा अनुसन्धानपरकता, विषय विश्लेषण, सर्वेक्षण र मूल्याङ्कन जस्ता समालोचकीय प्रवृत्ति पाइन्छन्।

ङ) प्राज्ञिक व्यक्तित्वका रूपमा-
मुक्ति उपाध्यायलाई एक प्राज्ञिक व्यक्तित्वका रूपमा पनि देखिन्छ। उनी अनुवाद, भाषिक, साहित्यिक र नाट्य कार्यशालामा एक प्रस्तोता र स्रोत व्यक्तिका रूपमा देखिन्छन्। हालसम्म उनी आठवटा कार्यशालामा उनको विशिष्ट भूमिका पाइन्छ। यसैगरी उनी आठ-दसवटा राष्ट्रिय स्तरका सङ्गोष्ठीमा कार्यपत्र प्रस्तोताका रूपमा रहेका छन्। विज्ञान विषयक शैक्षिकमूलक कार्यशाला र अधिवेशनमा उनी सक्रिय रूपमा भाग लिने गर्छन्। उनी कुनै एक विषयनिष्ठ शोधपत्र तयारी गरेर आलेख प्रस्तुत गर्ने गर्छन्। उनी भारतीय भाषा संस्थानको नेपाली लेखन शैलीको दोस्रो भागको कार्यशाला, पोखराको नाट्य महोत्सव आदितिर उपस्थित रही आफ्नो कार्यपत्रादि प्रस्तुत गरेका थिए।

च) पाठ्य पुस्तक लेखकका रूपमा-
मुक्ति उपाध्याय बराल एक पाठ्य पुस्तक लेखक पनि हुन्। उनी विज्ञान विषयक शिक्षक हुनाले उनले नेपाली माध्यमका विद्यार्थीका लागि विज्ञान पुस्तक लेखेर प्रकाशित गरेका छन्। उनी लगभग पन्ध वर्ष जति प्राथमिक शिक्षा बोर्डमा
पाठ्यपुस्तक लेखकका रूपमा काम गरेका थिए। उनले कथा सौगात मा जम्मा छ भागसम्म पाठ्यपुस्तक लेखेका हुन्। यसरी नै उनले प्राथमिक तहको गणित विषय बाङ्लाबाट नेपालीमा उतारेका छन्। उनले दिएको सूचना अनुसार उनले कक्षा ९ र १० का निम्ति भौतिक विज्ञान नेपालीमा लेखेका थिए तर छाप्ने प्रकाशक नपाउँदा अनि पाठ्यक्रम बदली हुँदा त्यो पाठ्यपुस्तक अप्रकाशित नै रह्यो।

छ) अनुवादकको रूपमा-
मुक्ति उपाध्यायको पुस्तक सूचि हेर्दा उनी हिन्दी, बाङ्ला र असमेली भाषाका पनि दक्ष हुन् र ती भाषाबाट नेपालीमा र नेपालीबाट ती भाषामा पनि अनुवाद कार्य गरेका छन्। उनी साहित्य अकादमी नयाँ दिल्ली तथा राष्ट्रिय पुस्तक न्यासका एक मान्यता प्राप्त अनुवादक हुन्। उनले अनुवाद गरेका कृतिहरूको विभिन्न प्रकारले अध्ययन गर्न सकिन्छ। उनी अनुवाद कार्यशालामा स्रोत व्यक्तिका रूपमा परिचित छन्। उनी असमीय भाषाका पनि एक विषयविज्ञ हुन्। उनका बाह्रवटा जति एकल अनुवाद कृति र पाँचवटा सामूहिक अनुवाद पुस्तकमा सामेल छन्। उनी नेपाली भाषा सेवी हुनाले नेपाली कृति अन्य भाषामा र अन्य साहित्यका कृति नेपालीमा अनुवाद गर्छन्। उनले अनुवादमा निकै जाँगर चलाएका हुन्। उनले उपन्यास, कविता, कथा आदि जस्ता विधाहरूको कुशल अनुवाद गरेका छन्। उनका प्रकाशित अनूदित कृतिहरू बाहेक अझै नयाँ क्षितिजको खोज (उपन्यास), अक्षर अर्केस्ट्रा (कविता सङ्ग्रह) आदि प्रकाशोन्मुख रहेका छन्।

ज। चलचित्र अभिनेताका रूपमा-
मुक्ति उपाध्याय बराललाई एक दक्ष अभिनेताका रूपमा चिन्न सकिन्छ। उनी नाट्य र सिनेमा अभिनेता हुन्। उनले नेपाली, सादरी, राजबंशी, हिन्दी र बाङ्ला भाषाका चलचित्रहरूमा काम गरिसकेका छन्। भूल, उद्धार, पिया कर गावँ, पश्चाताप, खरको छानो, माझी दाइ, हाम्रो जिन्दगी, कसलाई आफ्नो भनुँ, आमाको काख, म कसरी भनुँ, मावेर आँचल, प्रेमेर माला, प्रेम पथ, घर परिवार, नागपास, के साइनोले बोलाउँ, सैंया माइ टियर्स, परिणाम। यी चलचित्रहरूमा उनी मुख्य चरित्र अभिनेताका भूमिकामा अभिनय गरेका छन्। यीबाहेक केही चलचित्रका पटकथा र संवाद लेखनमा पनि संलग्न छन्। यीबाहेक उनीसित अझै चारवटा चलचित्र हातमा छन्।

झ) सङ्गीतकारका रूपमा –
उनले सङ्गीतबद्ध गरेका केही अल्बमहरूमा भानुको भावना हाम्रो सम्झना, (आदिकवि भानुभक्त आचार्यबारे फिचर, १९९८), अर्चना (आधुनिक गीत, २००४), प्रभु वन्दना (भजन सङ्कलन, २००५), मन कता कता (२००६), मुहार (एउटा गीत लेखन र संगीत दिएको, २००७), उत्सर्ग जन्मभूमिलाई (देशभक्ति गीत सङ्गालो। २००७), मुनामदन (गीति नाटक, २००७), अरूणा स्मृति (दुईवटा गीत लेखन र संगीत, २०११) आदि।
समालोचकहरूमा ओझेलमा बराल-
मुक्ति उपाध्याय बराल केही साहित्यिक सङ्घ संस्थाहरूबाट सम्वर्द्धित अभिनन्दित भए तापनि उनी कुनै उल्लेखनीय ठुलो पुरस्कार आदि पाउनबाट वञ्चित छन्। हालसम्म उनका सिर्जनात्मक लेखन, अनुवाद लेखन आदि गरेर चालिसवटा भन्दा बढी कृतिहरू प्रकाशित छन्। उनी पुरस्कारको आशा नगरी निरन्तर रूपमा लेखिरहेका छन्, काम गरिरहेका छन्। पुरस्कार कसले वा कस्ता कृतिले पाउलान्, त्यो अर्कै कुरा हो। ठुला ठुला लेखकहरूले पनि पुरस्कार देख्न नपाई निधन भएको पनि देखेकै छौं। उनका कृतिबारे त्यति धेरै अध्ययन समीक्षण र मूल्याङ्कन भएको पाइन्न। यो उनीमाथि समीक्षकहरूको घोर अन्याय हो। उनका कृतिहरूबारे भारतबाट थोरै बरू नेपालीबाट भने केही समीक्षित र मूल्याङ्कित भएका छन्।
उनका कृतिभित्र विज्ञान चेतना, बालमनोविज्ञान, किशोर मनोविज्ञान, नारी मनोविज्ञान, समसामयिक युगीन चेतना, उत्तर आधुनिक चेतना, नियात्राका सिद्धान्त अनुसार नियात्रा कृतिको समीक्षण र मूल्याङकन, अपाङ्ग र भिन्न
क्षमताका व्यक्तिहरूको मनोविज्ञान, आध्यात्मक चेतना, राजनैतिक चेतना, नाटकका विविध अध्ययन, अनुवाद सिद्धान्त आदि किसिमबाट समीक्षण र मूल्याङ्कन गरिनु आवश्यकता छ। उनको ‘मालती’, ‘कान्छी’, ‘हिमाली’ आदि उपन्यासलाई विज्ञान र प्रविधि र मानव समाजको सम्बन्धबारे अध्ययन गर्न सकिन्छ। गोर्खालीहरूको बसाइँ सराइ र बसोबास सिद्धान्तका आधारमा पदचिन्ह पहिल्याउँदै उपन्यासको समीक्षा गर्न सकिन्छ। उनका नाट्यकृतिभित्र पसेर धेरै कुरा उधिनेर निकाल्न सकिन्छ। उनी निरन्तर रूपमा साहित्य अध्ययन गरिरहेका छन्, लेखिरहेका छन्, साहित्यिक चर्या गरिरहेका छन्। उनलाई जे विचार फुरेर लेख्न लाउँछ, त्यसलाई लेखनीमा उतार्छन्, सिर्जना र शिल्प(शैलीमा प्रयोग गर्छन्। यही नै उनको महानता र इमान हो। उनी आफ्नै विचार, अनुभव, भाव, शैलीले लेख्दा मीक्षकका रूचिभित्र पर्नु र नपर्नु बेग्लै कुरा हो।
उनी केही पुरस्कृत र सम्मानित पनि नभएका भने होइनन्। उनले २०१५ मालती उपन्यासका निम्ति साहित्य एकाजदमी बाल साहित्य पुरस्कार हासिल गरेका हुन्। उनी विभिन्न सङ्घ-संस्था आदिबाट अभिनन्दित भएका छन्। मुक्ति उपाध्याय बराल एक सशक्त प्रतिभा हुन्। उनी सिर्जना, अभिनय र अनुवादको त्रिमुखी प्रतिभाले युक्त छन्। उनी आफ्नो पेशासँगै प्रतिभालाई पनि अघि बढाउँदै लगेका छन्।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सनधान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

2 thoughts on “बहु प्रतिभाशाली साहित्यिक मुक्ति उपाध्याय बराल

  1. धेरै प्रतिभा भएका मुक्ति उपाध्यायज्यूबारे यतिसम्म भए पनि लेखेँ। मेरो लेख र उपाध्यायज्यूबारे केही कमेन्टको अपेक्षा गर्दछु।

  2. मुक्ति बराल उपाध्यायज्युको बारेमा जे पनि व्याख्या गरिएका सबै कुरा साँचो भनेर ठोकुवा गर्न सकिन्छ, किनकि मैले पनि उहाँलाई धेरै नजीकबाट बुझ्ने मौका पाएको छु। तर मलाई उनको बारेमा व्याख्या गर्ने तरीका चाहिँ अरूलाई जस्तो आउँदैन। म उनको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गरिरहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *