बग्दै बग्दै जाने छोरासँग (कविता)

विवस पोखरेल (नेपाली कविता साहित्यका प्रभावशाली कवि विवस पोखरेलले विराटनगरलाई नै कर्मभूमि बनाएका छन् र विराटनगरबाटै देशव्यापि र विश्वव्यापी कवि भएका छन् ।) बग्दै बग्दै जाने छोरासँग विवश पोखरेल ढुङ्गो बनाएर एउटी आमाको मुटु पानीमा बगाइ दिएकी छु मेरो खुसी /मेरो प्राण / मेरो सपना जानू, बग्दै बग्दै जानू जहाँ माटो भेटिन्छ, त्यहीँ टक्क अडिनू […]

Continue Reading

साक्षी

नारायण श्रेष्ठ (नेपाली कवितामा थोरै र प्रभावशाली कविता लेख्ने कवि नारायण श्रेष्ठ पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् ।) नाघ्नु पर्ने पर्खाल र जित्नुपर्ने दूरीहरू छन् कालो, पहेँलो, गहुँगोरो वर्णमा टाँसिएका परिचयपत्रहरू छन् ‘अप्रिल आन्दोलन’ को चर्को आवाज र प्रतिगमनको डरलाग्दो भेल चैतको हुरीमा झरेको सालको पात सालाखाला एउटा दैनिकी कुपोषणको महासमर पार गरेपछि ग्याष्ट्रिकको […]

Continue Reading

दुई आत्माको अन्त्यपछि 

कणाद महर्षि   (कणाद महर्षी नेपाली कविता साहित्यमा देखा परेका बीसको दशकमा उदाएका एक समर्थ कवि हुन् । उनका आधा दर्जन कृतिहरु प्रकाशित छन् ।)   १. बच्चामा पाएको सरापले हरियो बाँसमा झुण्ड्याएर लगिएको लास दाउरा किन्ने पैसा नभएर फ्याँकिन्छ नदीको किनारमा स्यालको सभा,गिध्दको बैठकले निर्णय गर्छ— ” यो हाम्रो सिकार हो ” छताछुल्ल लुछाचुँडी […]

Continue Reading

मेरो छोरो पनि ठूलो मान्छे भएछ (कविता)

 किशोर पहाडी    वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने अग्लो अग्लो एक जना मेरो छोरो — धेरै बाठो, यो काठमाडौंमा कहाँ बस्छ खोई ? — म उसलाई खोज्न आएको ।   म उसलाई खोज्न आएको — […]

Continue Reading

विहे (कविता)

दिनेश अधिकारी   (कवि दिनेश अधिकारी समकालीन नेपाली साहित्यको एक सुविख्यात नाम हो । उनको रोजाइको कविता , यस कविताको रचना गर्भसहित प्रस्तुत छ ।)   (प्रसङ्ग १)   बिहे गरेको भोलिपल्ट हामी एउटा पैदलयात्रामा थियौं   कहाँ के भयो ? एकाएक आकाश धुम्मियो एकाएक मेघ गर्जियो र, झमझम पानी पर्न सुरु भयो ओत लाग्न […]

Continue Reading

सम्बन्धको पाठशाला (कविता)

मणि लोहनी (कथामा कलम सशक्त भए पनि कविता नै मणि लोहनीको सामर्थ्यवान विधा हो । त्यसको दृष्टान्त यही कविता पनि हुन सक्छ । आफ्नो पुस्ताका अब्बल कवि मणिको रोजाईको कविता र कविताको कथा प्रस्तुत छ ।) म तिमीमा उज्यालो भेट्छु । भगवान् शिवप्रतिको असीम श्रध्दा घरको मूलद्वारमा फुलेको धतुरो फूल ध्यानस्थ योगीझैं तेजिलो अनुहार हिमतालजस्तो […]

Continue Reading

चिबोकका केटीहरू (कविता)

हिक्मत थापा (नाइजेरियालाई कर्मभूमि बनाएका कवि हिक्मत थापाको एक कविता सङ्ग्रह प्रकाशित छ, “चिबोकका केटीहरू” । यसै शिर्षकको कविताबाट उनले सङ्ग्रहको नाम जुराएका हुन् । यो कविताले चिबोकको एक दर्दनाक घटनालाई विषय वस्तु बनाएको छ । हिक्मत थापाले आफ्नो रोजाइमा पारेको यो कविता र कविताको कथनी प्रस्तुत छ।)   आज फेरि दिउँसै ऐंठन भयो माथि […]

Continue Reading

यमराजको निम्तो

विश्व शाक्य    (पोखराका साहित्यकार, कलाकार र फोटोग्राफर हुन् विश्व शाक्य । व्यङ्ग्य उनको लेखनको मूलधार हो । यो कविता त्यसैको दृष्टान्त हो । साथमा प्रस्तुत छ यस कविताको कथन ।)   यमराजको निम्तो आयो, म झस्किएँ । अगुल्टोले तर्सेको कुकुरजस्तो । मलाइ लाग्यो- लौ वा …! अव त मेरो पनि मिति सकिएछ ! तर, […]

Continue Reading

दाहिने खल्तीको पर्स

विमल वैद्य (ईलामलाई कविताको कर्मभूमि बनाएर समकालीन नेपाली कविता जगतको टड्कारो ब्यक्तित्व बनाएका समर्थ कवि विमल वैद्य आफैंले रोजेको कविता र कविताको जन्मकथा प्रस्तुत छ-सम्पादक।) प्राय: फुत्किन खोज्छ पछिल्तिरको खल्तीबाट सधै, देख्नेहरूले ठान्दा हुन् सम्पन्नताको बिटो लुकेको छ त्यसभित्र मेरो पाइन्टको दाहिने पाकेट भित्र लुकेको पर्समा। उसो त, तिर्नु बाँकी साहुका बिलहरू छन् धितोमा परेको […]

Continue Reading

देब्रे हात

भूपिन (कवि भूपिन नेपाली कविता जगतका लागि सुपरिचित नाम हो । निबन्ध र उपन्यासमा कलम विस्तारित गरेर चर्चित र पुरस्कृत भए पनि उनको लेखनको मूल धार कविता नै हो । प्रस्तुत छ उनकै रोजाईको कविता र यस कविताको कथनी –सम्पादक) ढुङ्गाको हरमुनि च्यापिएको घाँसको पहेँलो पातजस्तो शरीरको कोखामुनि च्यापिएकोछ श्रापित देब्रेहात। मानौं यो हात कुनै […]

Continue Reading