लक्ष्मी उप्रेती, काठमाडौं
जीवन छ र न संसार छ । यदि जीवन नहुँदो हो त संसार पनि कहाँ हुन्छ र ? अतीतको अनुभूति र भविष्यको कामनामा वर्तमानको हरेक क्षण बाँच्ने रहेछ मान्छे । पढेर, सिकेर र सुनेरभन्दा अनुभव गरेको जीवन पाठ नै सजीव हुने रहेछ । जसले जीवनलाई अनुभवबाटै बुझेको छ, उसैमा उज्यालोपनले बास गर्छ । जीवनलाई बुझ्नेले आपूmलाई बुझ्न कठिन हुन्न । त्यस्ताले आपूm बाँचेर अरुलाई बाँच्न सिकाउँछन् । यसैमा जीवनको सार्थकता छ सायद ।
यो ब्रह्माण्डमा अरबौं जीवहरूको जीवन चलायमान छ । जीवहरू जन्मनु र मर्नु जीवन गति हो । तर मानव जीवन यतिमा मात्र सीमित हुनु हो भने किन चेतनशील प्राणीका रूपमा रहनु र ? अझैसम्म मानव जीवनको परिभाषा सही र पूर्णरूपमा कसैले बुझेको छैन । नबुझी नबुझी पनि तपस्वी, ऋषीमुनी, ज्ञानी, चिन्तकहरूको जीवन कति आयो कति गयो । अद्भूत चमत्कारले भरिएको यो मानव जीवनको रहस्य नै बुझिनसक्नु छ । विचारको गतिले मानव जीवनको शक्ति विभिन्न रूपमा प्रवाहित भइरहेको छ ।
हामीले जीवनको अर्थ जति खोज्छौँ, त्यसभन्दा फरकफरक आयाममा जीवन बाँच्नुको रहस्य थाहा पाउँदै जान्छौँ । जीवनलाई कसैले ईश्वरको बरदान मान्दछन्, कसैले खेल मान्दछन् र कसैले अवसर पनि मान्दछन् । अप्रत्याशित रूपमा आइलागेको कुनै रंङले जीवनमा खुसी ल्याउँछ भने कुनै रंङले भयङ्कर पीडा पनि दिन्छ । यसैबाट जे भए पनि जीवनलाई गति दिदै नयाँ आयाममा हिंडाउन सक्नु र हिँडिरहनु, हिँडदाहिँड्दै थकाइ लागे एकछिन बस्नु र बस्दाबस्दै जागरुक भएर उठेर हिड्नु नै त जीवन हो । निरन्तरताको अर्को नाम जीवनयात्रामा अलिकति थाक्नु, अलिक बढी जाँगर चल्नु र हरक्षण उमङ्गले रमाउनु यसका चरण मात्र हुन्, नौला कुरा होइनन् । रहस्यको अदृश्य शक्तिले चलायमान भएजस्तो हुन्छ जीवन । यसैलाई मूलमन्त्र मानेर म जीवनको गति बढाउदै जिउँनुको सारत्वमा यात्रा गर्दै छु । यात्रा गर्दा खप्नै नसक्ने कुनै वाधा, कुनै अड्चन खडा हुन्छन् तर लडिलडी भएनि हिडिरहेछु अविरल ।
जीवनलाई जतिजति व्यवस्थित गर्न खोज्यो, त्यतित्यति अव्यवस्थित हुदै जाने रै’छ । घरबार भयो, छोराछोरी भए, उनीहरू हुर्किएर लाइनमा लागे । अब म फुर्सदमा भएँ, आपूmलाई मन लागेको ठाउँमा जान्छु, मीठो लाग्ने खानेकुरा खान्छु, यसो गर्छु र उसो गर्छु भन्यो, झन वाधा नै वाधा । उमेरसँगै शरीरबाट शक्ति पनि सकिँदै जाने । ज्यान दुखेर खान नहुने रोग लाग्दो रहेछ । यसोउसो कसै गर्न पनि नसकी थक्थकाउनु पर्ने नियति । उप्m त्यसैले जीवनलाई न कहीँ जोड्न सकिन्छ न घटाउन नै । यो जोडघटाउमा जीवनलाई मिलाउन नै सकिन्नँ । हामी जीवनलाई प्रगतिको बाटो हिंडाउन खोज्छौँ । हरेक मानिसले आफ्नो जीवनसम्बन्धी धारणा पटकपटक बदली रहन्छ । यदि आपूmले सोचेजस्तो प्रगति हासिल नभए एकै नासले हिंडाउने क्रममा विचलन आएर निरासिन्छौँ हामी । जीवन भोग्दै जादाँ सधै एकनास हुन्न रहेछ अर्थात् एकनासे जीवन बाँच्न मन पनि पो नलाग्ने त । जीवनमा फरक अनुभूति गर्न मन लाग्ने रै’छ । त्यसैले त एक रूपको जीवनबाट अवकाश लिएर या छाडेर अर्को रूपको जीवन रोज्छ मान्छे । अनि त सबैको जीवन कुनै न कुनै अर्थमा अधुरो–अपुरो हुन्छ । विचारको भूमरीमा गुजुल्टिएको अनौठो गति अथवा के हो जीवन ? एक दिनमा नै मानिसको जीवनमा हजारौँ, हजारौँ सोचहरू उब्जन्छन्, हराउँछन् । ती सोचहरू कति सकारात्मक हुन्छन् त कति नकारात्मक । सकारात्मक सोच राखेर जीवनलाई सृष्टिको सुन्दर सिर्जना ठान्नेहरूले नै यो संसारलाई नयाँ विचार, नयाँ गति दिन सक्छन् । बुद्ध , कविर, गुरु नानक , कार्लमाक्र्स यस्तै सोच राख्ने महान् व्यक्तिहरू हुन्, जसले संसारलाई उज्यालोको किरण दिन सफल भए । सुख–दु:ख, उत्साह र निरासा जीवनको नियमितता नै हो । त्यसैले मलाई लाग्छ, जस्तोसुकै परिस्थितिमा पनि मानिस आशावादी हुनुपर्छ । त्यसो त कहिलेकाहीँ जीवन भविष्यमा सुन्दर हुन्छ भनेर भविष्य पर्खनेहरूको पर्खदा पर्खदै अन्त्य हुन्छ ।
जन्मदा हरेक मानिस क्रोधरहित, इष्र्यारहित, लोभरहित, मोहरहित र दोषरहित यो धर्तीमा आउँछन् । बाल्यकालमा सौन्दर्यको आभास नभई बाल्यकाल बित्छ । जवान भएपछि परिवार र सुखको चाहनामा आपूmलाई बिर्सिएर कर्म गर्दागर्दै समय बितेको थाहा नै हुन्न । अन्तत: जीवन वृद्ध संघारमा पुग्छ । कर्म गर्ने र धन कमाउने अभिष्टमा युवावस्था बितिसक्छ, अब जीवनमा सबै धन–दौलतभन्दा अमूल्य बाल्यकाल हुन्छ र फर्कनै नसकिने बाल्यकालको लालसामा थकथकाउँछ मानिस । युवावस्थाको रङ्गमञ्चले जीवनलाई एकतमासले रङ्गाउँछ तर बृद्धवस्थामा यो सबै बितेर गएको समय सम्झिएर व्याकुल हुँदै पीडाबोध मात्र हुन्छ । त्यो बेलासम्म शरीरका सबै तन्तुहरू नै मक्किएर अन्त्य हुने बेलामा जीवनको मोहले पछुताउनु र सत्कर्म सम्झेर मनमनले आनन्द लिनुबाहेक जीवनमा के नै हुन्छ र ?
कुनै सार बिनाको, कुनै अर्थ बिनाको जीवन जस्तो हरे ! बृद्धावस्थाको जीवन कति जटिल । बृद्धावस्थाको जीवन अलिकति सुन्दर र अलिकति कुरूप हो तर मेरो अनुभवमा । कतै सुनेको यो कुरा केवल संजोग मात्र हैन । कुनै चित्रकारले जीवनबारे राम्रा कला सिर्जना गरेर पनि सन्तुष्टि नमिलेपछि भौतारिँदाभौतारिँदै एउटा बालकले उन्मुक्त हास्दै गरेको चित्र बनाएछ । त्यो चित्र निकै सुन्दर र मनमोहक भएकाले ऊ प्रसिद्ध हुन्छ । आफ्नो जीवनमा बनाएको चित्रमध्येको त्यो प्रसिद्ध चित्रलाई उसले आफैसँग राख्छ । जब ती कलाकार बृद्धावस्थामा पुगे तब उसलाई अनेक समस्या र रोगले सताउँदै गयो । त्यसबेला त्यो प्रसिद्ध भएको चित्रमा जीवन नै अपूर्ण अनुभूत गरेर ती कलाकार अति खिन्न हुन्छन् । अनि कस्तो मान्छेको चित्र बनाएँ भने मेरो चित्रकारिताको जीवन पूर्ण हुन्छ भन्ने उनमा सोच आयो । यसको खोजीमा भैतारिँदाभौतारिँदै कुरूप मान्छे भेटेर उसको चित्र बनाउँछ ।
चित्र बनाइसकेर जब कलाकार हिँड्न लाग्छ त्यो कुरूप व्यक्तिले चित्रकारलाई च्याप्प समाएर भन्छ । मलाई चिन्नुभयो, राम्ररि हेर्नु होस् त म त्यही सुन्दर बालक हुँ, जुन तपाँईले बनाएको मेरो चित्र संसारकै सुन्दर र प्रसिद्ध भयो । तर त्यसबेलाको सुन्दर मान्छे म आज यति कुरूप भएँ । म किन कुरुप भएँ सुन्नुहुन्छ, मेरो यो कुरूपताको अवस्था बनाउने कारण समय र समाज हो । म यस्तो हुन चाहन्नथेँ तर मेरी आमामाथि एउटा सामन्तीले ठूलो अपराध गर्यो । त्यो क्रुर सामन्तीबाट पीडित मेरी आमाको रोदन, क्रन्दन र चित्कारको बदलामा उसलाई खतम गरे र म यस्तो भएँ । तर यसमा मलाई कुनै पछुतो र जीवनप्रति गुनासो पनि छैन । अहिले म जीवनको यही रंङमा म खुसी छु । अब बाल्यकालका ती निश्चल हाँसोलाई मैले माया गर्न छाडिसकेँ । त्यो एकै दिन मेरी आमामा घटेको घटनाले मेरो जीवन बदलिदियो । आमा रहिनन्, म ज्यानमारा भएँ । तर जीवन रहिन्जेल त जीवनको माया लाग्ने नै रहेछ र जीवनकै प्रेमले आज यसरी लुकेको हुँला । यति भनेर उसले आँखाबाट बरर आँसु झार्यो र लामो श्वास लिदैँ चित्रकारको हात विस्तारै छाड्यो । अनि चित्रकारलाई लाग्यो, आखिरमा कहिले पूर्ण नहुने सिर्जनाको नाम नै जीवन रहेछ ।
मानिस स्वतन्त्र हुन चाहन्छ । कुनै एक समयमा हरेक मान्छेको अनुहारमा देखिने निर्दोषपन आँखाको निर्मल र निश्चल हेराई साँच्चै समयले कस्तो बनाउने रहेछ । भगवान् पनि बनाउन सक्ने, राक्षस पनि बनाउन सक्ने समय कति बलवान ! हरेक जीवनको सुरुवात आमाको गर्भबाट हुन्छ । जीवनको लय मिलाउन सके या मिले त्यो जीवन अधुरोमा पनि पुरा हुन्छ । जसरी हाम्रो ढुकढुकी एक निमेष नरोकिई चलिरहन्छ । प्रकृतिले हरेकलाई आफ्नै प्रकारले जीवन चलाउने शतिm दिएको छ । यदि मान्छेको भित्री जीवन पुरै निष्क्रिय भयो भने बाहिरी जीवन आफै टुङ्गिन्छ । भित्री जीवनचक्र अलि फरक भयो भने कुनै रोगको सङ्केत हो त्यो । निद्रामा पनि जीवन चलिरहन्छ आफ्नै प्रक्रियामा । मानिसको सोचले अनेकौ भ्रम पनि जन्माउँछ, अनेकौ विश्वास पनि जन्माउँछ । समयले सिकाउने जीवनको सबभन्दा ठूलो पाठ भनेको आत्मबल हो । आत्मबल बलियो बनाएर हिंड्नुपर्छ । निरन्तर अघि बढ्नु जीवनको अनुरागमा प्रवाह हुने जीत हो । जीवन हजारपल्ट मर्छ, हजारपल्ट जन्मन्छ तर आत्मा अमर छ भन्ने मान्यता छ । यो साँच्चै नै हो वा के हो बुझ्न निकै गाह्रो छ ।
कहिलेकाहीं परिस्थितिले कमजोर बनाउने रै’छ जीवनलाई । कसैले कमजोर मानसिकताको कारण जीवनलाई व्यर्थ ठान्छ भने कसैले आत्मबललाई दह्रो बनाएर अगाडि बढ्छ । आत्मबल कमजोर हुनेका लागि जीवन केही होइन तर दह्रो आत्मबल हुनेका लागि धेरै थोक हो जीवन । जीवनमा समस्या कति हुन्छन् भनेर के साध्य ! जीवन भनेको सोच्नै नसक्ने समस्याका हजारौँ पहाड चढ्ने यायावर जस्तै हो । चाहे जे नै होस् सङ्घर्ष गर्न पछि हट्नु नहुने रै’छ । यावत् कुरा स्विकारेर जीवनप्रति गुनासो नगरी अघि बढ्नु, बढिरहनु नै जीवन पुर्ण हुनु रै’छ । जस्तै परिस्थितिमा पनि अनुकूल बन्न सक्ने जीवनप्रति कृतज्ञ हुनुपर्ने रै’छ । जीवन पछाडि नर्फकी अगाडि नै बढिरहने रहेछ ।
कसैको जीवन बिच बाटोमै हराउँछ, कसैको निकै अगाडि बढे तापनि हराउने नियम त छँदै छ जीवनमा । हरपल मृत्युको छायाँसँग नडराई हिंडिरहनु नै जीवनको नियति हो । मृत्यु अकाट्य छ तर बाँचुन्जेल हरेश नखाई सबैसँग प्रेम गरेर रमाउने हो । किन मान्छेहरू नशामा चुर भएर जीवनका सपना भुलाउन उद्वेलित हुन्छन् । तिनले मेटाउनुलाई नै मोक्ष बुझ्छन् कि ? जीवनमा सपना त हुन्छ नै तर मलाई लाग्छ, ती सपना हेर्न, छुन र महसुस गर्न हरेक मान्छेले कोशिस गरिरहनुपर्छ । सपनाबाट नै आपूm टाढा भइयो भने जीवनको के अर्थ ?
कहिले सामान्य, कहिले असामान्य भएर बाँच्नु जीवनको सौन्दर्य हो । यसलाई मूल मन्त्र मानेर जीवनको गति बढाउनु नै जिउनुको सारत्व हो । योजना त व्यापार–व्यावसायमा मात्र हुन्छ । तर योजना बेगर नै यो सुन्दर जीवनलाई उद्देश्यमूलक बनाउनु बग्दाबग्दैको जीवन गीत गाएर, आफैभित्रका परमात्माप्रति सदा सर्वदा इमान्दार रहेर निरन्तरता दिनु नै जीवनको सौन्दर्य हो भन्ने ठानौं ।
निवन्धकार परिचयः लक्ष्मी उप्रेती कवयित्री, कथाकार र सम्पादिका हुन् । उनका “यौटा वाटो खोजिरहेछ जीवन”, “मृदु स्मृतिहरु” स्निग्ध अनुभूति”, “समय स्पर्श ” लगायत कविता सङ्ग्रहहरु, तिर्सना कथा सङ्ग्रह लगायत “स्मृतिमा टेम्स”, “मृत्यु स्पर्श” गद्यहरु प्रकाशित छन् । उनी “वनिता” साहित्यिक पत्रकाकी सम्पादमक हुन् र उनले प्रसस्त कृतिहरु सम्पादन गरेकी छिन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाको सदस्य पनि हुन् ।
कृष्णप्रसाद, श्रीओम र पवनजीका लेखहरू पढें रोचक लाग्यो । उहाँहरूलाई बधाई ।
लक्ष्मीजीलाई बधाई