रजनी श्रेष्ठ, भर्जिनिया, अमेरिका
म हिंड्दैछु
सपना बोकेर
घामको तापले रोकेन
बर्षादको पानीले छेकेन
सपनाको सम्मोहनमा
ढुङ्गाको ठेसले छेकेन
मेरो दृढ साहस कहिलै रोकिएन
निरन्तर अविरल यात्रामा
आफुलाई भुलिरहें
मदहोस भएर
सुन्दर भविश्यको
प्रतीक्षामा
समयसँग बग्दै गएँ
अज्ञात शक्तिले जगाईरह्यो
अबस्मरणिय मिठो कल्पना
उन्माद बोकेर हिंडिरहें
सायद मेरो रोजाईको
अन्तर आभासमा
सोचेको जस्तो पाएकै छैन
गन्तब्य थाहा छैन
तर पनि म रोज्दैछु सपना
अनि उन्छु बुन्छु जीवन भर
बुनिरहेकै छु सपनै सपना
माकुराको जालो जस्तै
पृथ्वीको एक धरातलबाट
अर्कों धरातल सम्म
उही सूर्य चन्द्र बोकेर
र्कमभुमिमा जुधिरहें
केवल सपनाकै लागि
हरपल सिकिरहें जीवनको यथार्थता
कहिलै नसकिने अध्याय बोकेर
अझै यात्रा सकिएको छैन
दिन महिना गन्दै बितेको पत्तै भएन
एैना परिबर्तन भएछ
हिजो जस्तो आज देखिएन
प्रकृतीको रसमा
समयले घोलेको
चालै पाईंन
मृग तृष्णाको सहवासमा
यथार्थलाई भुलेछु
अनन्त यात्रामा
जीवनको लम्वाई नाप्नै सकिन ..।