तारा पराजुली, वेलवारी, नेपाल
झरी परेपछि
धेरै कुराहरु आए सम्झनामा।
यो गहकिलो बादलले
तिमीसँग छुट्नु अघि
भारि लाग्ने
बोझिलो मनको बाँध सम्झाउँछ
छानामाथिबाट झरेको बलेसीले
धोएर सुकाउँन बाँकी भिजेको कपडाजस्तो
गर्हौ मन
तिमीसँग छुट्दैगर्दा
आँखाबाट बग्दै झरेको साउन सम्झाउँछ।
ठीक यही बेला
देख्नेहरुले झरी पर्यो भने
भिज्नेहरुले बर्षात् भने
तिमी आँखाको डिलबाट झरी झरेपनि
म नयनको बाटो हुँदै
बर्षात् बर्सिेए पनि
आखिर उस्तै पीडा बगेका थियौँ
यो निर्मम झरिले तिमी पनि निथ्रुक्क भिज्यौ
ओभानो थिँइन म पनि।
हामी भिजेको देखेर
हामीलाई निथ्रुक्क भिजाएको देखेर
तिम्रो र मेरो आँखामा
अविराम बगेको आँसु देखेर
यसैलेबा
आकाश मायाले बेस्सरी रोएथ्यो
आँखाभरि आँसु बगाएर
उनीहरुले झरी भनिदिए।