प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कारका लागि सात कृति छनौट

मुख्य समाचार

९ फाल्गनु २०८२, वाशिङ्टन डिसी

राम गीता मन्दिरका अध्यक्ष गीता खत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सो संस्थाले प्रदान गर्ने ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ का लागि ७ पुस्तकहरूलाई निर्णायक मण्डलको सिफारिसका आधारमा ‘श्रेष्ठ सूची’ अन्तर्गत छनोट गरिएको जनाएको छ ।
पुरस्कारका लागि कृति दर्ता गर्न गरेको आह्वान अनुसार संस्थामा विधिवत् दर्ता हुन आएका वि.सं. २०८० र २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्ये नरेन्द्रराज पौडेलको “अविश्रान्त पाइलाहरू”( नियात्रा), नगेन्द्र न्यौपानेको “दरबारको कानुन” (उपन्यास), मनप्रसाद सुब्बाको “पञ्चतत्त्वको पालम” (कविता सङ्ग्रह), खगेन्द्र गिरि कोपिलाको “पर्जन्य मास” (नियात्रा-सङ्ग्रह), गोविन्द गोपाल खतिवडाको “वासना कि उपासना” (कविता सङ्ग्रह), पोषरमण चापागाईंको “सेतो मृग” (नियात्रा-सङ्ग्रह) तथा सिजन श्रेष्ठको “हावामा अल्झिएको स्वर” (कविता सङ्ग्रह)छनौटमा परेको जनाइएको छ ।
यी सात कृति मध्ये एकलाई अर्को सूचनामार्फत पुरस्कार विजेता घोषणा गरिने समेत जनाइएको छ ।