गुंजनको रजत जयन्तीमा स्रष्टाहरू सम्मानित

मुख्य समाचार

५ साउन २०८०, काठमाडौं

नेपाली लेखिकाहरूको साझा संस्था गुंजनले आफ्नो रजत जयन्तीको अवसर पारेर विभिन्न श्रष्टाहरूलाई काठमाडौंमा आयोजित एकसमारोहका वीच सम्मान गरेको छ ।

नेपाली वांगमयका विद्वान लेखक अभि सुवेदी तथा विदुषी रमा शर्माले प्रमुख अतिथिको हैसियतमा सम्मान समर्पण गरे ।

“गुन्जन प्रतिभा पुरस्कार” चर्चित कवि एवम् नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीलाई, “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार एवम् कवि र भुवन ढुंगानालाई, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुन्जन साहित्य पुरस्कार” वरिष्ठ कविएवम् साहित्यकार विश्वविमोहन श्रेष्ठलाई, “गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारी दिदीलाई र “गुन्जन रजतजयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई समर्पण गरिएको थियो ।

त्यसैगरी पाल्पा साहित्य समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राजेन्द्रगोपाल सिंह तथा पाल्पा साहित्य समाजकाअध्यक्ष पुष्कर रेग्मी ‘अथक’ लाई गुञ्जन विशेष सम्मान प्रदान गरिएको थियो ।

पुरस्कृत र सम्मानित सबैका बारेमा कवि निबन्धकार एवम् समालोचक डा. रजनी ढकालले आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् ।

समारोह गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्मरणीय छ, गुञ्जनको स्थापना बाह्र लेखिकाहरु जलेश्वरी श्रेष्ठ ,हिरण्यकुमारी पाठक ,भुवन ढुंगाना ,गीता केशरी,चन्द्रकला नेवार ,डा मृदुला शर्मा ,भागीरथी श्रेष्ठ ,सुलोचना मानन्धर ,उषा शेरचन ,शशिकला मानन्धर ,सुष्मिता नेपाल ,ज्ञानु पाण्डेबाट भएको थियि र कार्यक्रममा सबै संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो।

Leave a Reply