१० फागुन २०८२, दाङ
लघुकथाकार सुरेशकुमार पाण्डेको दोस्रो नेपाली लघुकथासङ्ग्रह ‘आवाज´को सार्वजनिक भएको छ ।
राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा दाङमा फागुन ९ गते शनिवार परिषदका अध्यक्ष एम रेग्मीको सभाध्यक्ष र ९५ वर्षीय वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतीथ्यतामा विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
कृतिलाई कार्यक्रमका अध्यक्ष , प्रमूख अतिथि लगायत् कृतिकार पाण्डे , शुशील गौतम , खगराज न्यौपाने , उत्तमकृष्ण मजगैंया , प्रस्वोतम् खनाल , नारायण शर्मा गुरू, वसन्त अनुभव , डा.अंमर गिरी , शबिन प्रियसन, डा. टीकाराम उदासी , डा.हिमलाल पन्थी, कमलमणि देवकोटा र घनश्याम केसीले कृतिको सामूहिक विमोचन गरेका हुन् ।
कार्यक्रममा वसन्त अनुभवले विमोचित कृतिको समीक्षा गरे । साथै सविन प्रयसन , डा.अमर गिरी, उत्तम कृष्ण मजगैयां, काशीनाथ पोख्रेल र मनिसा पाण्डे रेग्मीले शुभकामना मन्तव्य राखे ।
घनश्याम केसीले सञ्चालन गरेको सो कार्यक्रममा कृतिकारले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सुरुमा विना रोकायले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए ।
०००
