साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न

मुख्य समाचार

१७ पुस २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको पाँचौ दिन नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ ।
प्रेस काउन्सिलको सभाकक्षमा सम्पन्न गोष्ठीमा उपत्यकाबाट प्रकाशित हुने साहित्यिक पत्रिका र अनलाइनका वहुसङ्ख्यक साहित्यिक पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त गोष्ठीका मूलवक्ता भाषाविद् शरतचन्द्र वस्तीले भाषाको नयाँ आयाम प्रकट गर्ने मूलआधार साहित्य भएको बताए । उनले साहित्य सिर्जनामा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए ।
गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशका लागि सरकारले नै मानक भाषाका लागि समिति बनाउनुपर्ने कुरामा जोड दिए । प्राडा गोविन्दराज भट्टराईले सीमापारिका नेपाली भाषी साहित्यकारहरु भाषिक एकताको विषयमा झन् अन्योलमा भएको बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साहित्यिक पत्रकारितामा भाषिक एकता हुनु समग्र नेपाली साहित्यको विकासको लागि जरुरी भएको बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अहिलेको साहित्यिक पत्रकारितामा सम्पादकअनुसारको सम्पादन हुने गरेकोले भाषामा एकता ल्याउनका लागि आजको गोष्ठीले बहसको प्रारम्भ गर्ने विश्वास व्यक्त गरे ।
उक्त गोष्ठीमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे, प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुसाल, भीम खरेल र चेतनाथ धमलाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

1 thought on “साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *