ज्ञानु अधिकारीको “संवेदनाको समायोग”को बिमर्ष कार्यक्रम सम्पन्न

मुख्य समाचार

९ भदौ २०८०, काठमाडौं।

निबन्धकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह “संवेदनाको समायोग” कृतिमाथि एक विमर्श कार्यक्रमको आयोजना गरियो ।

दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए। यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए।

दोस्रो सत्र विमर्श-संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले ज्ञानु अधिकारीकृत “संवेदनाको समायोग” निबन्धसङ्ग्रहबारे गम्भिर बहस गरेका थिए । यस सत्रको संचालन तथा सहजीकरण पत्रकार राजकुमार बानियाँले गरेका थिए।

कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले कृतिका विषयमा उठेका प्रश्नहरूको उत्तर दिँदै “समालोचना र निबन्ध फरक विधा हो, यी निबन्धमा म स्वतन्त्र भएर पोखिएकी छु” भनिन् ।

सभापति र प्रमुख अतिथि कुनै नराखिएको ओैपचारिक- अनौपचारिक र पृथक् किसिमको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *