नमस्ते ( लघुकथा )

लघुकथा

भूमिका गैरे तिमिल्सिना

“हाम्रो गाउँका ठुलाबडा भनाउँदा मान्यगन्यहरुको त ठाँटै फरक छ बा ! होइन , यिनीहरूलाई मानसम्मान नी कति चाहिएको हँ ? शीर त झुकाकै मन पराउँने बा ! नमस्ते त घरी घरी भनिरहनु पर्ने । ” हर्के भन्छ ।
तिले थप्छ, “हर्के, हो त नि । गार्‍हो छ । के गर्ने ? हाम्रा बाउ- बाजेले जहिले नमस्ते मात्र गर्ने ? केही काम गर्ने होइनन् ? खाली नमस्ते गरेकोछ – गरेकोछ ।”
“हो ,त्यही त भन्या । अस्ति मेरो प्रशासनिक काम थियो । म अलि हतारमा थिएँ । त्यत्ति मेसो पाइन मैले ! मेरो त त्यति सानो काम नि भएन बा ! म एकछिन टोलाए । आखिर ! सही मात्र गर्नुथ्यो । नचिनेको मान्छे पनि त होइन । म !” भनि तिलेले भन्छ ।
अर्को दिन पुन: त्यही काम लिएर तिले कार्यालय पुग्छ । त्यहाँ जाँदा हाकिमसाहेव बाहिर जानू भएको रहेछ । तिलेले निकै बेर प्रतीक्षा गर्छ ।
हाकिमको पि.ए. आएर सुटुक्क तिलेको कानमा भन्छन् , “तपाईंले नमस्ते गर्नु पर्थ्यो । काम हिजो नै हुन्थ्यो ।”

०००

कथाकार परिचयः भूमिका गैरे तिमिल्सिना महलबारी, नवलपुरमा जन्मेकी हुन् र हाल नवलपुर गैंडाकोटमा बसोवास गर्छिन् । उनको “नमस्ते” लघुकथा सङ्ग्रह(२०८१) प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *