४ कार्तिक २०८१, काठमाडौं ।
नारी साहित्यिक संस्था गुञ्जनले साहित्यकार राधेश्याम लेकालीलाई ” गुन्जन साहित्य पुरस्कार २०८०” बाट सम्मानित गर्यो ।
“गुन्जन”की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गरेका थिए ।
सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले “नारीवाद” विषयमा आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रम गुञ्जनकी महासचिव सुस्मिता नेपालले सञ्चालन गरेकी थिइन् ।