६ असार २०८०, हेटौंडा
लामो समयदेखि हेटौंडामा टेलिभिजनको माध्यमबाट साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको एनएसटी टेलिभिजनले आफ्नो स्वरुप बदलेर साहित्यिक वेव साइट एनएसटीटेलिभिजन डटकम (www.nstevision.co) सञ्चालन शुरु गरेको छ । यो टेलिभिजन महेन्द्र ओझाले एकल रुमा सञ्चालन गर्दै आएका थिए ।
यस वेव साइटको औपचारिक सार्वजनिकिकरण भने आगामि १३ गते एक कार्यक्रमका वीच गरिने भएको छ ।
यस वेव साइटका प्रधान सम्पादक कवि तथा समालोचक निमेष निखिल रहेका छन् भने कार्यकारी सम्पादक मसान उपासक, कला सजावट महेन्द्र ओझा, समाचार संयोजक संप्रस पौडेल, रहेका छन् ।
श्यामकुमार बानिया संरक्षक रहेको यस वेव साइटको सञ्चालक प्रकाशचन्द्र पाण्डे रहेका छन् । बजार प्रतिनिधि अनिल कोइराला रहेका छन् ।
स्मरणीय छ, नेपाली साहित्य जगतमा पूर्ण व्यावसायिक रुपमा साहित्यिक वेव साइट साहित्य पोष्ट डटकम अश्विनी कोइरालाको नेतृत्वमा सञ्चालित छ ।