१८ साउन २०८१ काठमाडौं
राजेन्द्र सुवेदी स्मृति समाजले राजेन्द्र सुवेदीको ८२औं जन्म जयन्तीका अवसरमा उनको नाममा स्थापित पुरस्कार प्रमुख अतिथि पूर्व प्रम झलनाथ खनालको हातबाट नृत्यकार भैरववहादुर थापा र प्रा.डा. दयाराम श्रेष्ठलाई पुरस्कृत ग-यो ।
सो पुरस्कारमा २१ हजार राशी रहेको छ ।
कार्यक्रममा डा. रमेश शुभेच्छुकले राजेन्द्र सुवेदीको व्यक्तित्व र कृतित्व बारे प्रकाश पारेका थिए ।
भैरवबहादुर थापाको व्यक्तित्व र कृतित्वबारे नृत्यकार केपी पौडेलले तथा प्राडा कृष्णहरि बरालले प्रा डा दयाराम श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
समारोहलाई पुरस्कृत प्रतिभाहरुले समेत सम्बोधन गरेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पुरस्कृत दुई प्रतिभाबारे बोल्दै शुभकामना दिएका थिए ।
समारोहमा प्रमुख अतिथि खनालले समाजका आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए ।
समाजका अध्यक्ष जीवेन्द्रदेव गिरी सभापति रहेको सो कार्यक्रमको सञ्चालन डा. भागवत आचार्यले गरेका थिए भने स्वागत भाषण सीता सुवेदीले गरेकी थिइन् ।
स्मरणीय छ नेपाली साहित्यमा समालोचकको ब्यक्तित्व बनाएका प्रा. राजेन्द्र सुवेदीले निबन्ध बिधामा तथा उपन्यास बिधामा समेत कलम चलाएका थिए । उनको कोरोनाकालमा कोरोनाकै कारण निधन भएको थियो ।