प्रतीक ढकाललाई नेपाल साहित्य सम्मान प्रदान गरिने

समाचार

१० भाद्र २०८१, काठमाडौं

साङ्गीतिक मञ्च नेपालले नेपाली साहित्यको कुनै विधामा लामो समयदेखि निरन्तर कलम चलाई योगदान गर्ने स्रष्टालाई कार्यक्रम अन्तर्गत नेपाली साहित्यको नियात्रा र विशेष गरी हिमाली क्षेत्र लक्षित लेखनका माध्यमले नेपाली साहित्य त हिमालको परिचयलाई देश देशान्तर फैलाउन पु-याएको योगदानको कदर गर्दै “नेपाल साहित्य सम्मान-२०८१” साहित्यकार प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
“बुध्दवीर लामा तेह्रौं गीतिमय साङ्गीतिक साँझ -२०८१” का कार्यक्रम प्रमुख बुध्दवीर लामा हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ ।
सो सम्मान ३ आश्विन २०८१ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने समेत जनाइएको छ ।
स्मरणीय छ, साहित्यकार प्रतीक ढकाल नियात्रा समाज नेपालका अध्यक्ष रहेका छन् र उनका हिमाली क्षेत्र केन्द्रित नियात्रा कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो कृति “उज्यालो कर्णाली” वि.सं. २०७८ मा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *