कथा वाचन गोष्ठीको “चौथो शृङ्खला” सम्पन्न

मुख्य समाचार

आज मिति  २७ पौष २०८०, काठमाडौं

मचपु अर्थात मन्दिरा मधुश्री, चन्द्र प्रसाद भट्टराई र पुष्कर लोहनीको परिकल्पना तथा संयोजनमा नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबार हुने गरेको  कथा गोष्ठीको चौथो श्रङ्खला सम्पनन् भएको छ ।

कार्यक्रममा दिवङ्गत एकजना कथाकारको कथा वाचन शुरूवात गर्ने नियम अनुसार यसपटक तराई मधेसका कथा सङ्ग्रहबाट  कथाकार विशेश्वर प्रसाद कोइरालाको  “श्वेत भैरवी” कथा मन्दिरा मधुश्रीबाट वाचन गरिन्  ।

कार्यक्रममा उपस्थित भएर तीसको  दशकको कथाकार ध्रुव मधिकर्मीले  जिन्दगी र समय कथा सङ्ग्रहबाट “अन्योल” शीर्षकको कथा, ४०को दशकबाट कथाकार मधुबन पौडेलले म र मेरो परिवेश कथा सङ्ग्रहबाट तथा चन्द्र प्रसाद भट्टराईले छाउरा शीर्षकको कथा । ५०को दशकबाट कथाकार नारायण तिवारीले  “अस्थिपन्जर” शीर्षकको कथा तथा ६०को दशकबाट मन्दिरा मधुश्रीले “कोठा” शीर्षकको कथा  वाचन गरिन् ।

कार्यक्रमको शुरूमा हुनुभन्दा पहिले हालै  दिवङ्गत कथाकार विश्वम्भर चञ्चलप्रति एक मिनेट मौन धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *