काने तानाका संसारको सवैभन्दा जेष्ठ जीवित व्यक्ति

Uncategorized

जापानीहरु बढी उमेरसम्म बाँच्ने मानिसहरु बढी भएको देश हो । यो वर्ष १००वर्षभन्दा बढी बाँच्नेहरुको सङ्ख्या ८६ हजार ५ सय पुगेको छ जसमध्ये ८८ प्रतिशत महिला रहेका छन् ।
र आजको मितिमा संसारमा सवैभ।ना वढी उमेरसम्म जीवित पनि जालानी नै रहेका छन्, ती हुन् ११८ वर्षिया काने तानाका ।
जापानमा सबैभन्दा वढी उमेरसम्म बाँच्नेहरु शिमाने प्रान्तमा रहेका छन् । यो प्रान्त हिरोशिमाको नजिक पर्दछ ।
सवैभन्दा बढी उमेरकी काने तानाका भने फुकुओकाकी हुन् । उनको जन्म २ जनवरी १९०३ का दिन हिगाशी-कु, फुकुओकामा भएको थियो । उनको विवाह सन् १९२२ मा भएको थियो र ७१ वर्षको बैवाहिक जीवनपछि उनको लोग्नेको मृत्यो १९९३ मा भयो ।
काने सन् २०१८ देखि हिगाशी-कु को नर्सिङ होममा वस्दै आएकी छिन् । उनले११८ औं जन्मोत्सव मनाउँदा पनि उनी स्वस्थ नै छिन् । उनी कहिले ओथेलो बजाउँछिन्, थोरै हिंड्छिन् । क्यालिग्राफी र अर्थमेटिकका समस्या हल गर्नु उनको शौख हो।
उनका ५ नातिनातिना र ८० पनाती पानतिनीहरु छन् ।

Picture: AP

Leave a Reply

Your email address will not be published. Required fields are marked *