नासा एन्माको स्थगित संयु्क्त सम्मेलन २१ नोभेम्बरमा हुने

बाल रचना

विश्वपरिक्रमा डेस्क
२७ सेप्टेम्वर, वाशिंटन डिसी

गत ५ सेप्टेम्वरमा हुने भनिएको नासा एन्मा संयुक्त सम्मेलन आगामि २१ नोभेम्वरमा हुने भएको छ ।
सम्मेलन फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा गरिने तय भएकोमा स्थगित भएपछि पुनः सोही स्थानमा हुने जनाइए अनुसार अघिल्लोपल्ट तय भएको होटलमै आयोजना हुनेछ ।
तर नासाको चुनावले गर्दा भने नासा संस्थामा केही अन्तरविरोध देखिएका छन् ।
नासाका वर्तमान कार्यकारी उपाध्यक्ष अम्विका लोहनी जो आगामि निर्वाचनमा अध्यक्षको उम्मेदवार थिइन्, उनले उम्मेदवारी फिर्ताको घोषणासहित वर्तमान कार्य समितिबाट राजिनामा गरेकी छिन् र उनको राजिनामा स्वीकृत भएको नासाका अध्यक्ष हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो जानकारी अनुसार अध्यक्ष कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्षमा वाहेक अन्य सबै पदमा निर्विरोध भैसकेका छन् ।
पछिल्लो राजिनामा प्रकरण र उम्मेदवारी फिर्ता प्रकरणले के कसो हुने हो त्यो हेर्न बाँकी छ ।
अमेरिकामा रहेका पुरानो र अत्यधिक आजिवन सदस्य भएको बलियो संस्था नासा दक्षिणपूर्वी अमेरिकी राज्यहरुमा वसोवास गर्ने नेपालीहरुको साझा संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *