झपट पुरस्कारको घोषणा

१४ फागुन २०८२, काठमाडौं झपट पुरस्कार व्यवस्था समितिले चार जना सर्जक विद्वानहरूलाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिले जनाए अनुसार आख्यानकार सनत रेग्मीलाई आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएवापत सनत रेग्मीलाई एक लाख राशीको झपट पुरस्कार प्रदान गरिने भएको छ तथा गीतकार राजेन्द्र थापालाई जनही एक लाख शब्दमार्फत नेपाली भाषालाई […]

Continue Reading

नन्दु उप्रेतीको “चीन यात्राका यादहरू” बिमोचित

९ फागुन २०८२, काठमाडौं नन्दु उप्रेतीको नयाँ नियात्रा सङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको सार्वजनिककरण गरिएको थियो । केही समय अगाडि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिलाहरू उक्त पुस्तकमा समेटिएका छन्। चीनको राजधानी पेइचिङ, व्यापारी केन्द्र साङहाई र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमणका सन्दर्भहरूलाई नियात्राको रूपमा प्रस्तुत […]

Continue Reading

प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कारका लागि सात कृति छनौट

९ फाल्गनु २०८२, वाशिङ्टन डिसी राम गीता मन्दिरका अध्यक्ष गीता खत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सो संस्थाले प्रदान गर्ने ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ का लागि ७ पुस्तकहरूलाई निर्णायक मण्डलको सिफारिसका आधारमा ‘श्रेष्ठ सूची’ अन्तर्गत छनोट गरिएको जनाएको छ । पुरस्कारका लागि कृति दर्ता गर्न गरेको आह्वान अनुसार संस्थामा विधिवत् दर्ता हुन आएका वि.सं. २०८० […]

Continue Reading

साहित्यकार रामविनयलाई हृदयचन्द्र स्मृति सम्मान समर्पण

४ फागुन २०८२ साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११ औं जन्मजयन्तीका अवसरमा २०८२ सालको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार रामविनयलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान पत्र, विशेष अतिथिहरू प्रा.डा.दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला र सभाध्यक्ष प्रा.पौडेलले रु.५० हजार राशिको थैली […]

Continue Reading

“रङ्गभेद” लघुकथाकृतिको विमोचन सम्पन्न

६ फागुन २०८२, काठमाडौं कपन वानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको छ सय अङ्क प्रकाशन गरेको अवसरमा कपन वानेश्वरको आयोजनामा पत्रिकाका संरक्षक , स्रष्टा महेन्द्र चालिसेको रङ्गभेद लघुकथासङ्ग्रहको विमोचन सम्पन्न भयो । कृतिकार महेन्द्र चालिसेले लेखकीयसहित स्वागत मन्तव्य दिनुभएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो । पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलको सभाध्यक्ष र वरिष्ठ […]

Continue Reading

वसन्त चौधरी, जयदेव भट्टराई र हरि मञ्जुश्रीलाई पुरस्कारको घोषणा

६ फागुन २०८२, काठमाडौं। वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२”, साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००।- रहेको छ। परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको […]

Continue Reading

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका पुरस्कारहरू वितरण सम्पन्न

४ फागुन २०८२, काठमाडौं नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्ने गरिएको विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ । प्रतिष्ठानले जनाए अनुसार “अमूल्य राष्ट्रिय कलाश्री सम्मान” नगद रू १,०१,०००।— सहित विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई सम्मानित गरियो । त्यस्तै कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता […]

Continue Reading

नेपाली भाषाको पक्षमा अदालतको फैसलाः डा. लुईंटेल विरुध्दको मुद्दा खारेज

२ फागुन २०८२, काठमाडौं सवारीसाधनमा नेपाली भाषामै ‘इम्बोस्ड नम्बर प्लेट’ राख्नुपर्ने र नेपाली भाषाको मानक स्वरूप संरक्षणको मागसहित अभियान चलाउँदै आएका मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । यो सफाईले नेपाली मानक भाषाको लागि भएको लडाईंको जीत भएको छ । यस सम्बन्धमा अभियानका अध्यक्ष प्रा.डा. […]

Continue Reading

भक्तपुरमा सूर्यप्रसाद लाकोजूसँग अन्तरसंवाद कार्यक्रम

१ फागुन २०८२, भक्तपुर साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाको गहिरो बहसका रूपमा समापन भएको थियो। कार्यक्रमको प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक यात्रामाथि विस्तृत […]

Continue Reading

वरिष्ठ कवि द्वारिका श्रेष्ठको काठमाडौंमा अभिनन्दन

१ फागुन २०८२, काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च “साहित्यिक संस्था समन्वय समिति”ले आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरिएको छ । वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई उनकै कद बराबरको अभिनन्दनपत्र समर्पण गरिएको थियो । श्रेष्ठलाई दोसल्ला, […]

Continue Reading