१४ फागुन २०८२, काठमाडौं
झपट पुरस्कार व्यवस्था समितिले चार जना सर्जक विद्वानहरूलाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
समितिले जनाए अनुसार आख्यानकार सनत रेग्मीलाई आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएवापत सनत रेग्मीलाई एक लाख राशीको झपट पुरस्कार प्रदान गरिने भएको छ तथा गीतकार राजेन्द्र थापालाई जनही एक लाख शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई एक लाख राशीको ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ ।
यसैगरी नेपाली भाषा–साहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा तथा डा. कान्छी महर्जनलाई एक लाख राशीको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा. हेमचन्द्र नेपाल तथा प्रा.डा.भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरुको नाम सिफारिस गरेको झपट पुरस्कार व्यवस्था समितिका सदस्य–सचिव रेखा राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस अनुमोदन गरेको हो ।
०००
