नासो (लघुकथा)

ध्रुव मधिकर्मी हरक्युलसले हार्दिकतापूर्वक पृथ्वी बोकिरहेको थियो । पृथ्वी अत्यन्त सुन्दर, शान्त, भब्य र हरियालीले युक्त थियो । जङ्गलको पर्यावरण, समुद्रको विशालता, खोलाहरुको कलकल स्वर, पशुपन्छिहरुको मधुर ध्वनि, छाँगो र छहराहरुको सुन्दरता तथा हराभरा डाँडापाखा पहाडपर्वतको मोहकता आह्लादकारी देखिन्थ्यो । हेर्नेहरु प्रत्येक दृश्यमा झुम्मिन्थे । घुम्दाघुम्दै त्यहाँ आइपुगेका मान्छेहरुको एउटा समूहले देख्यो – विशालकाय पुरुषले […]

Continue Reading

विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश

१ जनवरी २०२४, वाशिंटन डिसी गीतकार पुष्पा खानालको “प्यासी” बोलको गीत वर्ल्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । वर्ल्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो । विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा […]

Continue Reading

तिमी खोला, म बगर

मिरमा   तिमी शब्द, म अक्षर तिमी खोला, म बगर   तिमीसम्म म आउनै सक्दिन किनाराले कोरिदिएको छ तिम्रो र मेरो सीमाना सदियौंदेखि सगरमाथा झैं अग्लो तर अदृश्य सीमाना   लमतन्न बालुवा र ढुंगाहरुमा थुप्रिएको छ मेरो अस्तित्व म यिनै बालुवा र ढुंगाहरुमा आफ्नो अस्तित्व जोगाइरहेछु   तिमी अविरल, निरन्तर कलकल गर्दै बग्छौ खोला सुसाउँदै […]

Continue Reading

नेपाल स्रष्टा समाजको १७औँ साधारण सभामा कवि गोविन्दराज विनोदी सम्मानित

१६ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन समाजको १७ औँ साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गर्नुभएको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र […]

Continue Reading

आँधी

दिव्य गिरी ‘के छ तेरो विचार ? कुरा त तेरै भलाइको निम्ति आएको रहेछ ।’ मैनाले गाँस्दै गरेको टपरीमा अन्तिम बिट लगाउँदै सोधिन् । ‘हो नि,अब आमाको निधनपछि अब एक्लै भइस् । आमा नभएको माइती उराठलाग्दो र निरस हुन्छ । सबैजना आफ्नो व्यवहारमा अल्झिन्छन् । तँ आफू मात्र एक्लै के गरेर बस्छेस् ? पहिलो घर […]

Continue Reading

भाषासेवी पारसमणि प्रधान

नवीन पौड्याल नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन् र मरणोपरान्त […]

Continue Reading

नेपाल स्रष्टा समाजले गर्यो “निबन्ध गोष्ठी”

  १५ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले स्थापनाको १७औँ दिवसको उपलक्ष्यमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत तेश्रो दिन निबन्धको गोष्ठीको आयोजना गर्यो । गोष्ठीमा डा.माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा.गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रन्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ […]

Continue Reading

“अभिशप्त रात” प्रकाशित

१४ पुस २०८०, काठमाडौं साहित्यकार विजय चालिसेद्वारा नेपाली भाषामा अनुदित जापानी कथाहरुको सङ्ग्रह “अभिशप्त रात” प्रकाशित भएको छ । चालिसेको यो ५७ औँ कृति हो । यस कृतिमा जापानका प्रख्यात आख्यानकारका कथाहरु रहेका छन् जसमा नोवेल पुरस्कारप्राप्त यासुनारी कावाबाता समेत छन् । अन्य कथाकारहरुमा रियुनोसुके आकुतागावा, सातोमी तोन, मियेइ ओगावा, ओसामु दाजाई लगायतका कथाहरु रहेका […]

Continue Reading

पारसमणि प्रधान पुरस्कार कथाकार प्रदीप गुरूङलाई प्रदान गरिने घोषणा

३१ डिसेम्वर २०२३, कालिम्पोङ नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ। दुई चरणको छनौट प्रक्रियापछि अन्तिम चरणका पाँचजनाको निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‌याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई प्रदान गर्ने निर्णय गरेको नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव वलभद्र शर्माले […]

Continue Reading

जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई

१४ पुस २०८०, मन्थली, रामेछाप जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८० को जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्रमुख अतिथि कवि तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको सो पुरस्कार समर्पण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानले हरेक […]

Continue Reading