१४ पुस २०८०, काठमाडौं
साहित्यकार विजय चालिसेद्वारा नेपाली भाषामा अनुदित जापानी कथाहरुको सङ्ग्रह “अभिशप्त रात” प्रकाशित भएको छ ।
चालिसेको यो ५७ औँ कृति हो ।
यस कृतिमा जापानका प्रख्यात आख्यानकारका कथाहरु रहेका छन् जसमा नोवेल पुरस्कारप्राप्त यासुनारी कावाबाता समेत छन् । अन्य कथाकारहरुमा रियुनोसुके आकुतागावा, सातोमी तोन, मियेइ ओगावा, ओसामु दाजाई लगायतका कथाहरु रहेका छन् ।
सङग्रहमा १३ कथा तथा ४ लघुकथा रहेका छन् ।