३१ डिसेम्वर २०२३, कालिम्पोङ
नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ। दुई चरणको छनौट प्रक्रियापछि अन्तिम चरणका पाँचजनाको निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई प्रदान गर्ने निर्णय गरेको नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव वलभद्र शर्माले पुरस्कारले बताएका छन् ।
पुरस्कृत प्रतिभा गुरुङका वैरी माया, एक सब्तु सपना लगायतका कृतिहरु प्रकाशित छन् ।
सन् १९९८ मा स्थापित यो पुरस्कार पहिलोपल्ट भाइचन्द प्रधानले पाएका थिए ।