१५ पुस २०८०, काठमाडौं
नेपाल स्रष्टा समाजले स्थापनाको १७औँ दिवसको उपलक्ष्यमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत तेश्रो दिन निबन्धको गोष्ठीको आयोजना गर्यो ।
गोष्ठीमा डा.माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा.गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रन्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ निबन्ध वाचन गरेका थिए ।
निबन्ध गोष्ठीका प्रमुखअतिथि डा.माधवप्रसाद पोखरेलले दशकौँपछिको रिक्ततापछि भएको यो निबन्ध गोष्ठीले निबन्धप्रतिको आकर्षण बढाउने आशा व्यक्त गरे ।
प्राडा गोविन्दराज भट्टराईले निबन्धको तागत बढिरहेको बेलामा यो गोष्ठीको ऐतिहासिक महत्व रहेको बताए ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले अध्यक्षको आसनबाट बोल्दै आत्मपरक निबन्ध लेखन र निबन्धकारहरुको सङ्ख्या बढ्दै गएको भए पनि निबन्धका कुनै पनि कार्य हुन नसकेकोले गोष्ठीको आयोजना गरेको बताए ।
स्मरणीय छ,३७ बर्ष अघि वि.सं.२०४३ बैशाख ३ गते सिसासले नेपाल भारत सांस्कृतिक केन्द्रमा निबन्ध वाचनको आयोजना गरेको थियो । त्यसलाई ऐतिहासिक महत्वको निबन्ध गोष्ठी मानिन्छ ।
कार्यक्रमको शुरुमा नेपाल स्रष्टा समाजका कार्यसमितिका सदस्य मधु पाठकले स्वागत गरेका थिए ।
Thank you Vishwaparikrama team for publishing NCWS news regularly. Glad. – Harit, NCWS