स्रष्टा-सङ्गम सम्पन्न

२८ जनवरी २०२६ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा आयोजित मासिक सृजना वाचन “स्रष्टा-सङ्गम” कार्यक्रम शाखाका अध्यक्ष राहुल राई बोगीकोको अध्यक्षतामा सम्पन्न भयो । शाखाका प्रचार सचिव नील कमल छेत्रीले प्रमुख अतिथिको परिचय राखे पश्चात् क्रमैसँग दसजना स्रष्टाहरूविनोद छेत्री कुँवर, सरस्वती छेत्री, मुक्तिनाथ घिमिरे, बी के मुखिया, सरोजिनी ‘सागर’, नील कमल छेत्री, मीना लामा […]

Continue Reading

नेपाली कला साहित्य डटकमका पुरस्कारहरूको घोषणा

१५ माघ २०८२, काठमाडौं नेपाली कलासाहित्य डटकम वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई, एक लाख रुपैयाँ […]

Continue Reading

डा. ठाकुरनाथ पन्त स्मृति दिवस सम्पन्न

१३ माघ २०८२, काठमाडौँ । पूर्व अर्थसचिव तथा कृषि अर्थशास्त्री डा. ठाकुरनाथ पन्तको २४औँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुर गढीकी १९ वर्षीया छात्रा सुश्री दिपा लामालाई व्यवस्थापन संकायमा चार वर्षे स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको थियो। आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त […]

Continue Reading

साहित्यकार रामचन्द्र भट्टराईको निधन

१३ माघ २०८२, भैरहवा नेपाली साहित्यका कवि रामचन्द्र भट्टराईको ८४ वर्षको उमेरमा हृदयाघातका कारण आफ्नै निवासमा मृत्यु भएको छ । कवि भट्टराईलाई घरमै बेहोश पाइएपछि अस्पत्याल पु-याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । विसं १९९८ साल असोज ५ गते भुवन पोखरी पाल्पामा जन्मिएका उनले वि.सं. २०१९ सालमा “भाँचिएको तामा” कविता प्रकाशनसँगै साहित्य यात्रा प्रारम्भ […]

Continue Reading

भीमदर्शन मुक्तक पुरस्कार र डा.कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कारको घोषणा

१२ माघ २०८२, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको कार्यसमितिको बैठकले दुई मुक्तककारहरु उषा शेरचनलाई ५१ हजार राशीको ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ३१ हजार राशीको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । वि. सं. २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका एक […]

Continue Reading

बुबाका सपनाहरू  

गोविन्द   पौडेल, काठमाडौं तर सबै छिप्पिनु कहाँ पाइन्छ र ? बुबा तपाईं छिप्पिनै पाउनुहुन्न यतिका सपनाका चाङ लगाएर यति अधुरा अनि अधमरा यति मधुरा अनि  बेसहारा तन्द्रालु सपनाहरू   !! एकादशीको  खुर्पे जूनको ज्योति टौवा मास्तिरको सुन्तलाबारीमा चहकिँदा अनि सुन्तलाको मोहक बास्ना महकिँदा बुबाका आँखाका नानीहरू निधारका  अनुभवी रेखाहरू कर्मयोगी हातहरू खुसीको दियालो बाल्दै हर्षको अँगालो […]

Continue Reading

जुद्धबहादुर श्रेष्ठको जीवनी र पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू लोकार्पित

१० माघ २०८२, काठमाडौं कवि तथा जरामा अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठ लिखित’जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ तथा उनको सम्पादनमा ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’आज एक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सो कार्यक्रममा दुबै कृतिहरू एकसाथ मञ्चमा आसिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको […]

Continue Reading

शंकर लामिछानेको पचासौं स्मृति दिवस सम्पन्न

१० माघ २०८२, काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले साहित्यकार शङ्कर लामिछानेको ५०औं स्मृति दिवसका अवसरमा “शंकर सन्दर्भ” पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न ग-यो । कार्यक्रमका प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गरेका थिए । समालोचक प्रा डा. गोविन्दमान सिंह कार्कीले “पारिजातको शिरिषको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको […]

Continue Reading

उत्कृष्ट लामा कथाहरूको पहिलो सङ्कलन प्रकाशित

८ माघ २०८२, काठमाडौं नेपाली भाषामा लेखिएका लामा कथाहरूको पहिलो सङ्कलन “उत्कृष्ट नेपाली लामा कथा” को प्रकाशन भएको छ । यसको सम्पादन गरिमा, समकालीन साहित्य जस्ता पत्रिकाहरूमा सम्पादनको उत्कृष्ट कला प्रदर्शन गरिसकेका कुशल सम्पादक साहित्यकार अविनाश श्रेष्ठले गरेका हुन् । यस सङ्कलनमा १७ कथाकारहरू अर्चना थापा, अविनाश श्रेष्ठ, इन्द्रबहादुर राई, कुमार नगरकोटी, कृष्ण धरावासी, गोविन्द […]

Continue Reading

निर्मोही व्यास पवन आलोक नियात्रा सम्मानद्वारा सम्मानित

९ माघ २०८२, काठमाडौं पवन आलोक नियात्रा सम्मानद्वारा पहिलोपल्ट नियात्राकार निर्मोही व्यास सम्मानित भएका छन् । यस सम्मानका साथ ५० हजार नगद रहेको छ । यस अघि “पवन आलोक नियात्रा पुरस्कार” को रुपमा २५ हजार राशीको पुरस्कार वितरण गरिंदै आएको थियो । यो सम्मान नियात्राकार पवन आलोकका नाममा उनकी धर्मपत्नी रेखा कँडेलद्वारा स्थापना गरिएको हो […]

Continue Reading