१५ माघ २०८२, काठमाडौं
नेपाली कलासाहित्य डटकम वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई, एक लाख रुपैयाँ राशीको‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई, ७५ हजार रुपैयाँ राशको‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ६० हजार रुपैयाँ राशीको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, पचास–पचास हजार राशीका ‘थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कार’ तथा ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई तथा प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू आगामी फागुन ४ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
साहित्यकार मोमिला जोशीको नेतृत्वमा नेपाली कला साहित्य डटकमले विविध साहित्यिक गतिबिधि गर्दै आएको छ ।
उक्त पुरस्कार तथा सम्मान आगामी फागुन ४ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
वि.सं. २०६३ सालमा स्थापित सो प्रतिष्ठानमा डा. बिमल कोइराला प्रमुख संरक्षक, उमेश श्रेष्ठ विशिष्ट संरक्षक तथा द्वारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ र उषा शेरचन संरक्षक रहेका छन् ।
०००
