कोलोराडोमा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन
विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम जाइका रेष्टुरेन्ट ब्रुमफिल्ड कोलोराडोमा सम्पन भयो । सो कार्यक्रममा कवि श्रेष्ठलाई कोलोराडो शाखाको अध्यक्ष राजु सिटौला लगायत कार्यसमितीका पधाधिकारीहरुले खादा र फूलका गुच्छा साथै मायाको चिनो दिएर स्वागत गरेका थिए । कार्यक्रमको शुरूमा तारा अधिकारी र पदम विश्वकर्माले कवि वसन्त श्रेष्ठको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि श्रेष्ठले एक दर्जनको हाराहारी कविता प्रस्तुत गरेका थिए । किरण अधिकारीले सन्चालन गरेको कार्यक्रम अनेसास कोलोराडो शाखाअध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Continue Reading