डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ
विश्वपरिक्रमा डेस्क
११ सेप्टेम्वर, वाशिंटन डिसी
अमेरिकाको गृह सुरक्षा मन्त्रालय डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ ।
टिपिएसको म्याद सकिंदै गर्दा नेपाली टिपिएस वाहकहरु अव के हुने हो भन्ने अन्यौलमा रहेका थिए । यो अन्यौल १५ महिनाको लागि टरेको छ ।