कोलोराडोका गभर्नरसँग नेपाली राजदूत खतिवडाको शिष्टाचार भेट

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
१० सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले कोलोराडोका गभर्नर जारेड पोलिससँग शिष्टाचार भेट गरेका छन् । सो भेटका अवसरमा राजदूत खतिवडाले गभर्नरसँग आपसी हितको विषयमा कुराकानी गरेका थिए जसमा संसदको ककस अर्थात् अमेरिकी साँसदहरुको नेपाल सरोकार समूहलाई व्युँताउने, नेपालको विकासका लागि आर्थिक सहयोग, कोलोराडोका नेपाली समूदायको हितको विषयमा तथा कोलोराडोमा बनाउन चाहेको नेपाली कल्चर सेन्टरलाई सहयोग ईत्यादि विषयमा उनले गभर्नर समक्ष आफ्ना कुरा राखेको नेपाली दूतावास अमेरिकाको फेसवुक पेजमा उल्लेख गरिएको छ ।


सो भेटका अवसरमा नेपाली समुदायका विभिन्न संस्थाका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए ।
राजदूत खतिवडा नेपाली दूतावासले सेप्टेम्वर ११ र १२ का दिन कोलोराडोमा सम्पन्न हुन लागेको दूतावासको घुम्ती शिविरको सिलसिलामा कोलोराडो पुगेका हुन् ।

(फोटोः नेपाली दूतावासको फेसबुक पेजबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *