“समयको बयान”को लोकार्पण

Uncategorized

 

विश्वपक्रमा डेस्क

११ सेप्टेम्वर, वाशिंटन डिसी

काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह समयको बयानको काठमाडौंमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसीदिवसलगायत विभिन्न स्रष्टाहरूल लोकार्पण गरे

साहित्यिक पत्रकार संघद्वारा आयोजित वोकार्पण कार्यक्रममा  वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्नेपरम्परा विकसित गर्नुपर्ने धारणा राखे । उनले कवि नवोदितका कविताहरू सशक्त भएको बताउँदै उनका कवितामा समय र स्थानकोप्रतिच्छाया पाइन्छ भने।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कवितामा आजको समयको प्रतिबिम्ब पाइने बताए ।

समालोचक प्रमोद प्रधानले कवि नवोदितका कविता यात्राको चर्चा गर्दै  दुई दशकको काव्ययात्रामा नवोदितले नेपाली कविताका क्षेत्रमामहत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताए । अर्का समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइनेधारणा राखिन् ।

सो अवसरमा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष रशकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गरेका थिए । कवि नवोदितले आफ्ना काव्ययात्राकासहयोगीप्रति आभार प्रकट गरे ।

समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो  ।

  • साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply