१७ माघ २०८२,नेपालगन्ज
पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार २०८२ को “कृष्णसेन इच्छुक स्मृति पुरस्कार” हस्तान्तरण गरिएको छ ।
प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा पिटरले ग्रहण गर्न पुग्न नसकेकाले प्रेस सेन्टर नेपालको बाँके शाखाले एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो ।
सो पुरस्कार प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर बिकलगायतले संयुक्त रुपमा ३० हजार रुपियाँको चेकसहित पुरस्कार हस्तान्तरण गरे ।
सो अवसरमा पत्रकार पिटरले प्रेस सेन्टरले सम्मान गरेर ठुलो जिम्मेवारीको भारी बोकाएको जनाउँदै स्वर्गीय कृष्णसेन इच्छुकसँग बिताएका समय र स्मरण सुनाए ।
प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य डा. धितालले लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ठ कार्य गरेको बताए ।
कार्यक्रम प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा सम्पन्न भएको थियो ।
०००
