सुरभि साहित्य प्रतिष्ठानका पुरस्कारहरुको घोषणा

मुख्य समाचार

११ पुस २०८०, काठमाडौं

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा २०८० माघ २० गते शनिबारको नियमित कार्यक्रममा सात जना स्रष्टाहरूहरूलाई विभिन्न पुरस्कारहरु समर्पण गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले जनाए अनुसार गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार ध्रुव सापकोटालाई, सुरभि-बाजुराम आख्यान साधना पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई, सुरभि-रमा-बद्री निबन्ध पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई, सुरभि-अच्युतराम लघुकथा पुरस्कार महेश प्रसाईँलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार ललिता दोषीलाई, सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार लिलाराज दाहाललाई समर्पण गरिनेछ ।
यी पुरस्कारहरुको राशि रु. १०,००५/- देखि २५,००५/- सम्म रहेको प्रतिष्ठानले जनाएको छ ।
सोही समारोहमा प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *