किरण आचार्यको ‘अहिल्या’ विमोचित

मुख्य समाचार

२६ साउन २०८१, काठमाडौं

साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास’अहिल्या’ को विमोचन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जयराज अवस्थि, सभाध्यक्ष राधेश्याम लेकाली, लेझिका तथा मञ्चासिन सबैले सो पुस्तकको सामुहिक विमोचन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयराज अवस्तीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज जस्तो ठाउँमा बसेर यस्ता कृतिहरू आउनु भनेको एउटा खुसीको कुरा भएको बताए।
विमोचित उपन्यासको वारेमा समालोचकद्वय प्रा.डा. गोविन्दमानसिंह कार्की तथा ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी पेश गरेका थिए भने समालोचक प्रमोद प्रधान , श्रीओम श्रेष्ठ रोदन तथा  प्रकाशकका तर्फबाट पुष्पराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
उपन्यास लेखक किरण आचार्यले आफ्नो लेखकीय मन्तव्यमा इच्छा जागेपछि मान्छेले जे पनि गर्न सक्छ भनेर बताइन्।
लेखक:पत्रकार राजकुमार बानियाँले किरण आचार्यका अन्य अरू कृतिहरू पनि आफूले सम्पादन गर्ने मौका पाएको र उनका पौराणिक उपन्यासहरू ज्यादै राम्रो हुने गरेको बताए।
सभापतिका आसनबाट बोल्दै साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले उपन्यासकार किरण आचार्यको पौराणिक उपन्यासहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा अमेरिकाबाट आएका साहित्यकार तारा निरौलालाई स्वागत सम्मान समेत गरिएको थियो भने कार्यक्रममा कलाकार नरहरि प्रेमीले इन्द्र र अहिल्याको बारेमा मीठो गीत गाएर रमाइलो वातावरण सृजना गरेका थिए।
विमोचन कार्यक्रमको शुरुमा सापसका महासचिव डा.दामोदर पुडासैनी’किशोर’ ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन यादव भट्टराईले गरेका थिए।
उपन्यासकार किरण आचार्यका यसअघि पनि पौराणिक कथामा आधारित “जरत्कारु” तथा “परशुराम” २ उपन्यास प्रकाशन भैसकेका छन् ।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)

Leave a Reply