मोहन सिटौला र सुरेन उप्रेती काठमाडौंमा सम्मानित

मुख्य समाचार

२५ मङ्सिर २०८१ , काठमाडौं ।

साहित्यिक पत्रकार संघल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अमेरिकावासी वरिष्ठ सर्जक मोहन सिटौला तथा क्यानाडा निवासी कवि सुरेन उप्रेती सम्मान ग-यो ।
कवि उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान” समर्पण गरिएको थियो ।
सम्मानित प्रतिभाहरुलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहास विद् प्रा. डा. सुरेन्द्र के.सी.ले अर्पण गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि के. सी.,अध्यक्ष लेकाली, प्राज्ञ बाबा बस्ने तथा डा. दामोदर पुडासैनीले मन्तब्य राखेका थिए । सम्मानित सर्जकहरू मोहन सिटौला र सुरेन उप्रेती पनि मन्तव्य राखेका थिए ।
कार्यक्रम कवि मुरारी सिग्देलले सहजीकरण गरेका थिए ।

०००

Leave a Reply