भारतको भिष्टारा एयरलाइन्सले पायो अमेरिका उडान अनुमति

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
३० अगस्त, वाशिंटन डिसी

भारतको एक एयर लाइन्स भिस्तारा एयरलाइन्सले अमेरिकामा भारत अमेरिका उडानको अनुमति पाएको छ ।
अमेरिकाको यातायात मन्त्रालयले अनुमति दिएसँगै यो एयरलाइन्सले भारत अमेरिका उडान गर्ने वाटो खुलेको छ । यी दुई देश वीच मानिसहरु ओसार पसार गर्न, सामान ढुवानी गर्न र हुलाकका सामान ओसार्न पाउनेछ ।
अमेरिकाका निकायहरु यातायात सुरक्षा प्रशासन, संघिय विमानन प्रशासन तथा यातायात मन्त्रालयले अनुमति दिएको छ जसमा यात्रुको सेवा, भूक्तानी फिर्ता, सुरक्षा र सुरक्षाका दिशा निर्देशहरु पर्दछन् ।
भिष्टाराले अमेरिकाका डालास, मायामी, ह्यूस्टन उडान गर्ने लक्ष लिएको छ जसका लागि युरोपमा वा अनुमति मिले क्यानाडामा ट्रान्जिट हुँदै उडान भर्नेछ ।
भिष्टाराले गत अप्रिलमा यसका लागि अमेरिकी निकायमा निवेदन दिएको थियो ।
सेप्टेम्वरबाट उडान शुरु गर्ने लक्ष लिएको भए पनि अहिलेको अवस्थामा सेप्टेम्वरवाट उडान हुनसक्ने अवस्था देखिएको छैन ।
भिष्टारा एयर लाइन्स सन् २०१३ मा स्थापना भएको थियो र यसको संस्थापक टाटा सन्स र सिङ्गापुर एयर लाइन्स हुन् । यसको पहिलो उद्घाटन उडान दिल्ली मुम्मई गरिएको थियो ।
भिष्टारा एयरलाइन्सले भारतमा आन्तरिक उडानका साथै जर्मनी, जापान, नेपाल, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, युनाइटेड अरव इमिरेटस् तथा वेलायतमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *