८ डिसेम्वर २०२४, वासिङ्गटन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले समाजबाट बाट प्रदान गरिने विभिन्न पुरस्कारहरू हेतु पुस्तक दर्ता गर्ने सूचना जारी गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा प्रदान गरिने पुरस्कारका लागि यो आव्वान भएको हो ।
सूचना अनुसार पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको पुस्तकहरू ४ प्रति फरवरी २८, २०२५ सम्ममा प्राप्त भइ सक्नु पर्नेछ । यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जनाएका छन् ।
उपर्युक्त आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कन कर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा आयोजना हुने भानु जयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा समारोह आयोजना गरी वितरण गरिने पनि जनाइएको छ । आधार पूरा भएका कृतिहरू पठाउन सम्पूर्ण लेखकहरूलाई अनेसासले अनुरोध गरेको छ ।
पुस्तक पठाउन सम्पर्क र ठेगाना
१, सन्ध्या पहाडी (फोन नं. ९८४१८०३७१५) नेपाल
२, तीर्थराज पाण्डेय 6433 Abel Street, Elkridge MD 21075
३, होमनाथ सुवेदी 1727 Horner Road Woodbridge, VA 22191
पुस्तक पठाउने सम्बन्धमा कुनै जिज्ञासा भएमा अनेसासका स्थानीय च्याप्टरहरू, केन्द्रीय कार्यसमिति वा बोर्ड अफ ट्रष्टीका पदाधिकारिहरूसँग सम्पर्क राख्न वा pandeytirtha@gmail.com वा sandhya_pahari@yahoo.com मा सम्पर्क राख्नु हुन र विस्तृत जानकारीका लागि संस्थाको वेभसाइट www.inls.org हेर्नु हुन पनि अनुरोध गरिएको छ ।
