“अन्त्य कहाँबाट सुरु हुन्छ ?” विमोचित

मुख्य समाचार

२ भदौ २०८०, काठमाडौं

साहित्यकार देविका तिमिल्सिनाको पहिलो कविता सङ्ग्रह “अन्त्य कहाँबाट सुरु हुन्छ ?”  आज एक समारोहकाबीच विमोचन भयो । नेपाल स्रष्टा समाजले सो कार्यक्रम कवि तिमिल्सिनाको ७० औं जन्मोत्सवको उपलक्ष पारेर आयोजना गरेको थियो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,डा. गोविन्दराज भट्टराई, पवन आलोक, मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठक तथा लेकके सामुहिक रुपमा कृतिको विमोचन गरेका थिए ।

कार्यक्रमको शुरुमा साहित्यकार शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए।समारोहमा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले विमोचित पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकारहरू मातृका पोखरेल,चन्द्रप्रसाद भट्टराई,हिरण्य कुमारी पाठक तथा पवन आलोकले शुभकामना मन्तव्य राखेका थिए।

विमोचित पु्स्तकबाट चेतनाथ कँडेल हरितले एउटा कविता वाचन गरेका थिए । सो अवसरमा कृतिकार देविका तिमिल्सिनाले पनि आफ्ना भनाई राखेका थिए ।

समारोह नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन मधु पाठकले गरेका थिए।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *