एक लाखको बाह्रखरी कथा पुरस्कारका लागि नौ सय सैँतीस प्रतिस्पर्धी

मुख्य समाचार

६ कार्तिक २०८१, काठमाडौं

पहिलो पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा पुरस्कारका लागि यो वर्ष ९३७ कलाकारहरूले प्रतिस्पर्धामा भाग लिएका छन् ।
कार्तिक ५ हतर मध्यरातसम्म तोकिएको समयमा ती कथा प्राप्त भएका हुन् ।
अब पहिलो चरणमा बाह्रखरी मिडियाकै आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चार जनाको टोलीले उत्कृष्ट ५० कथा चयन गर्नेछ ।
त्यसपछि प्रथम, दोश्रो र तेश्रो चयनसहित कूल २५ कथाहरुको चयन बाह्य मूल्याङ्कन समितिले गर्नेछ । यस वर्षको मूल निर्णायक समूहको संयोजकमा समालोचक साहित्यकार प्रा.डा. ज्ञानू पाण्डे रहेकी छिन् भने सदस्यहरूमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि रहेका छन् ।
बाह्रखरीले उत्कृष्ट २५ कथाको पुस्तक शुरुवात देखिनै प्रकाशन गर्दै आएको छ । कोरोना महामारीको समयमा एक बर्ष भने पुस्तक प्रकाशन हुन सकेन ।
विगत २ वर्षदेखि पुस्तक प्रकाशन नीजि क्षेत्रको अग्रणी प्रकाशन फाइन प्रिन्टले प्रकाशन पार्टनरको रुपमा पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्ष पनि त्यसले निरन्तरता पाउनेछ ।

Leave a Reply