१४ भदौ २०८१, काठमाडौं
प्रत्येक बर्ष निकै चासो र उत्सुकताकासाथ प्रतीक्षा गरिने नेपालको नोवेल पुरस्कारको रुपमा लिइने मदन पुरस्कार २०८० सालमा प्रकाशित र पुरस्कार हेतु गुठीमा दर्ता भएका ३०४ कृतिहरुमध्ये मोहन मैनालीको कृति “मुकाम रणमैदानः नेपाल-अङ्ग्रेज युध्दको बखान” लाई अर्पण गरिने भएको छ ।
मदन पुरस्कार गुठीको १४ भदौ २०८१ मा बसेको साधारण सभाले सो निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
सोही सभाले “नेपाली भाषाहरूको पहिचान, संरक्षण र अध्ययन-अनुसन्धान कषेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गर्नुभएकोमा” प्रा. डा. योगेन्द्र प्रसाद यादवलाई अर्पण गर्ने निर्णय गरेको छ ।
मदन पुरस्कार विसं २०१२ सालमा स्थापित भै बि.सं. २०१३ सालदेखि वितरण गर्न थालिएको थियो । पहिलो वर्ष २०१३ मा सत्यमोहन जोशीको “हाम्रो लोक संस्कृति”(गद्य विधा), बलराम जोशीको “अधिकवभव स्थिरविद्युत उत्पादक”(विज्ञान विधा) तथा चित्तरञ्जन नेपालीको “जनरल भीमसेन थापा र तत्कालीन नेपाल”(सामाजिक शास्त्र) लाई पुरस्कृत गरिएको थियो भने गत वर्ष विवेक ओझाको उपन्यास “ऐंठन” पुरस्कृत भएको थियो ।
त्यसैगरी मदन शम्शेरकी धर्मपत्नी, मदन पुरस्कार गुठीका संस्थापिका जगदम्बा महारानीको देहान्त पश्चात् विसं २०४५ सालमा “जगदम्बाश्री पुरस्कार” को स्थापना गरिएको थियो र पहिलो बर्ष आफ्नो यायनद्वारा नेपाली भाषालाई फैलाउन योगदान पु-याएवापत स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिएको थियो गत वर्ष प्रख्यात कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।
स्मरणीय छ, दुवैको राशी ४ लाख रुपैयाँ रहेको छ ।