विश्वपरिक्रमा डेस्क
२२ सेप्टेम्वर, वाशिंटन डिसी
प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले नारायण खड्कालाई नेपाल अधिराज्यको नयाँ परराष्ट्र मन्त्री नियुक्त गरेकी छिन् । अघिल्लो दिन सत्ता साझेदार दलहरुसँग सहमती लिएपछि उनी नियुक्त भएका हुन् । नियुक्ती पछि ६ असोज अपरान्ह साँढे ४ वजे उनले पद वहालीसमेत गरिसकेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्र मन्त्रीको हैसियतमा नेपालको नेतृत्व गर्नु पर्ने भएकोले हतारहतार एक मन्त्री मात्र नियुक्त गरेर मन्त्री परिषदको विस्तार गरिएको हो ।
सर्वोच्च अदालतको परमादेशानुसार प्रधान मन्त्री बनेका शेर वहादुर देउवाले प्रधानमन्त्री पद ग्रहण गरेर सानो ५ सवस्यीय मन्त्री मण्डल मात्र गठन गरेका हुन्। सत्ता साझेदारहरुसँगको भागबण्डा तय नभैसकेको कारण मन्त्री मण्डलले पूर्णता नपाइरहेको वेला नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका हुन् ।
संयोगवस मन्त्री खड्काको मन्त्रालयसँग ताल्लुक राख्ने एक दर्जन राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने निर्णय गरिएको भोलिपल्ट उनको नियुक्ति भएको हो ।
फिर्ता बोलाइएका र खाली समेत २३ देशमा राजदूत पद खाली हुँदै गरेको छ ।
नवनियुक्त परराष्ट्र मन्त्री खड्का यस अघि सुशिल कोइरालाको नेतृत्वको मन्त्री मण्डलमा स्थानिय विकास मन्त्री थिए ।
२० मार्च १९४९ मा भोजपुरमा जन्मिएका खड्का सन् १९६७ देखि नै राजनीतिमा सकृय छन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भैसकेका छन् ।