नेबासासका चार पुरस्कारहरूको घोषणा

मुख्य समाचार

२२ असोज २०८१, काठमाडौं

काठमाडौं । नेपाल बाल साहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित विसं २०८१ सालमा चार बाल साहित्य पुरस्कारको घोषणा गरेको छ ।
नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठलाई र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार डा.अम्बिका घिमिरेलाई, नेबासास चूडा-चरण बालजीवनी पुरस्कार तेजप्रकाश श्रेष्ठलाई तथा नेबासास तेज-प्रतिभा बाल नियात्रा पुरस्कार सुशीला देउजालाई प्रदान गरिने भएको छ । यी पुरस्कारहरू क्रमश: प्राडा मुकेशकुमार चालिसे र जनक चालिसे, प्राडा ध्रुवकुमार धिमिरे र सुशीला घिमिरे, प्राडा चूडामणि बन्धु र चरण रेग्मी तथा तेजप्रकाश श्रेष्ठ र प्रतिभा श्रेष्ठका सन्तानहरूले आ-आफ्ना मातापिताको नाममा राखिदिएका हुन् ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले सो घोषणा गरेको हो । यसअघि पुरस्कार संस्थापकहरूको उपस्थितिमा भएको पुरस्कार सिफारिस समितिको बैठकले ती नामहरू सिफारिस गरेको थियो ।
ती सबै पुरस्कारहरूमा रु १५ हजार राशि र सम्मानपत्र रहेको छ । पुरस्कार आगामी मङ्सिरको पहिलो सातामा दाङमा हुने राष्ट्रिय बाल साहित्य सम्मेलनमा समर्पण गरिने जनाइएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *